‘पसिना’ युनिटको अन्तरक्रिया

बैशाख २६, २०७६

काठमाडौं- आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ युनिटले अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम गरेको छ ।  युनिटले चलचित्र रिलिजको पूर्वसन्ध्यामा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उक्त कार्यक्रम गरेको हो । 

पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्रबारे अन्तरक्रिया तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि घलेले नेपाललाई इमान्दारी, सत्कर्मी पसिना बगाउने ब्यक्तिको आवश्यकता रहेको बताईन् । त्यस्तै चलचित्रका मुख्य कलाकार सरोज खनालले पसिना जस्ता सन्देशमुलक चलचित्रहरु निर्माण हुनु अत्यन्तै आवश्यक रहेको बताए ।  


ADVERTISEMENT

निर्माता शान्ता ढकालले आफूपनि समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेको हुनाले सामाजिक बिषयबस्तुको चलचित्रमा लगानी गरेको बताईन । 

अर्का निर्माता इन्जिनियर संजय महतोले आफू पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको चलचित्र ‘पसिना’मा लगानी गरेको बताए ।  

निर्देशक आर.बि.शरदले चलचित्र निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 

सम्मानित हुनेमा चलचित्रका कलाकारहरु सरोज खनाल, रबि गिरी, गौरब पहारी, सुरजनी केसी, छायाँकार राम कुमार केसी, नृत्य निर्देशक शिब विक, शारदा प्रसाद धिताल, राम काजी बस्न्यात, समिता केसी, अनिता केसी, सचिन रौनियार, संगीता शाह, सहिम शाह, गीतादेवी मैनाली, संगीता धमला, मीना शर्मा, दिपक डोटेल, सोनी अधिकारी, दीपशिखा शर्मा, सावित्री भुजेल, मोहन देव बिष्ट, सीमा राई, राजेन्द्र कपाली, मान बहादुर तामाङ्ग लगायत रहेका छन् ।

चलचित्रलाई आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन । चलचित्रमा निर्देशककै कथा छ । पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्रायः देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् । 

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

बैशाख २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार