×

NMB BANK
NIC ASIA

मुक्त हलियाका महिला व्यावसायिक बन्दै

बैशाख ३०, २०७६

NTC
Premier Steels

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालिम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाएकी छन् । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उनले तालिमपश्चात् निःशुल्क रूपमा पाएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाएकी छन् । 

Muktinath Bank

भारतमा होटेलमा काम गर्ने श्रीमान कमाइले उनको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । 'श्रीमान् एक्लैको कमाइले परिवार चलाउन मुस्किल छ,' उनले भनिन्, 'आर्थिक अवस्थामा सुधार ल्याउन पसल राखेर कपडा सिलाइको कार्य अगाडि बढाउँछु ।' घरका दुई जनाले कमाउन थालेपछि विपन्नता हटाएर आर्थिकरुपमा सबल बन्न सकिने उनको भनाइ छ । दुई महिने एक तहको कक्षा उत्तीर्ण गरेका भागरथीले लेडिज सुट, पेटिकोट, ब्लाउज, म्याक्सीलगायतका कपडा सिलाउन सिकेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक रूपमा विपन्न मुक्त हलियाका महिलालाई आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा सञ्चालित दुईमहिने एक तहको कक्षाबाट ५० महिलाले सिलाइ कटाइसम्बन्धी तालिम लिएका छन् । तालिम लिएका महिला सिलाइ कटाइमा दक्षता हासिल गरेपछि आम्दानी बढ्नेमा ढुक्क छन् ।  


Advertisment
Nabil box
Kumari

तालिममा सहभागी नगरपालिका–८ जुडाकी कल्पना महरले भाइबहिनीको विद्यालय खर्च धान्नकै लागि अर्काको पसलमा कपडा सिलाइ कार्य गर्दै आएको बताइन् । घरको आर्थिक अवस्था दयनीय हुँदा बुबाले भारतमा छ महिना मजदूरी गरी ल्याएको रकमले परिवारको खर्च नचल्ने भएकाले अर्काको पसलमा काम गर्नुपरेको उनले बताइन् । 'सीप नहुँदा सिलाइको कामबाट थोरै मात्र पारिश्रमिक पाउँदै आएको थिएँ,' उनले भनिन्, 'सीप सिकेर दक्ष बनेपछि पारिश्रमिक पनि सोहीअनुसारको पाइने भएको छ ।' 

Vianet communication

नगरपालिकाको वडा नं २ का चाँदनी आग्रीले कुनै पनि सीप नहुँदा चुलोचौको र मेलापातमै दिन खर्चिँदै आएकी थिइन् । सिलाइकटाइको तालिम पाएपछि उनको सोचमै परिवर्तन आएको छ । उनी भन्छिन्, 'सिलाइकटाइको पसल राखेर गाडी चालक श्रीमानको भन्दा बढी कमाइ गर्न आतुर छु ।' 

राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन विपन्नताका आधारमा महिलाको छनोट गरी सिलाइकटाइ तालिम दिइएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x