सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक

जेठ १, २०७६

    हेटौँडा–प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाडौँ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभएको छ ।

    प्रदेशसभाको आजको बैठकमा उहाँले भीमफेदी–काठमाडौँ जोड्जे सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उहाँहरु छिट्टै काठमाडौँ आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताउनुभयो ।
     
    मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उहाँले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी गराउनुभयो ।
 


ADVERTISEMENT

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस