×

NMB BANK
NIC ASIA

विश्वकप : यी ५ बलर, जसले ब्याट्स्‌म्यानलाई 'पानी-पानी' पार्न सक्छन्

जेठ ५, २०७६

NTC
Premier Steels

एजेन्सी- क्रिकेटको महाकुम्भ विश्वकपको १२ औं संस्करण यही मे ३० तारिखदेखि शुरू हुँदैछ । ४६ दिनसम्म चल्ने यस विश्वकपमा १० टीमको सहभागिता रहनेछ । यस क्रममा ११ भिन्दाभिन्दै स्थानमा कुल ४८ म्याच खेलाइनेछ ।

Muktinath Bank

३० मे देखि जुलाई १४ सम्म चल्ने क्रिकेटको यो महाकुम्भमा हरेक खेलाडी उत्कृष्ट प्रदर्शनमा गर्नमा तल्लीन हुनेछन् । तर इंग्ल्याण्डको पिचमा केही यस्ता बलर पनि छन्, जसले ब्याट्सम्यानलाई पानी-पानी पार्न सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईसीसीको एकदिवसीय र्‍यांकिङको शीर्ष १० बलरमा ६ जना स्पिनर नै छन् । जसले यस पटकको विश्वकपमा धमाल मच्चाउन सक्ने क्रिकेट पण्डितहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

राशिद खान 

Vianet communication

अफगानिस्तानका स्पिनर तथा एकदिवसीय क्रिकेटको र्‍यांकिङमा तेस्रो स्थानमा रहेका २० वर्षीय राशिद खानले कुनै पनि ब्याट्सम्यानलाई जुनसुकै बेला पनि पेभेलियनको बाटो देखाउन सक्ने हिम्मत राख्छन् । राशिदले हालसम्म ५७ वान-डेमा १५ को शानदार औसत र ३.९ को किफायती इकोनोमीमा कुल १२३ विकेट लिएका छन् । राशिदले यस पटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् ।  

कुलदीप यादव 

कुलदीप यादव भारतीय टीमका मुख्य बलर हुन् । उनलाई टीमको प्रमुख अस्त्रको रूपमा समेत लिइएको छ । विश्वकपमा कुलदीपबाट उत्कृष्ट बलिङको अपेक्षा गरिएको छ । वान-डे र्‍यांकिङमा सातौं स्थानमा रहेका कुलदीपले हालसम्म ४४ खेल खेलेका छन् । त्यस क्रममा उनले २१.७४ को औसतमा ४.९३ को इकोनोमी छ । उनले वान-डे मा कुल ८७ विकेट लिएका छन् । 

इमरान ताहिर

उमेरमा पाका दक्षिण अफ्रिकाका खेलाडी इमरान ताहिरलाई हल्का रूपमा लिनु हुँदैन । ४० वर्षीय ताहिरले हालसम्म ९८ वान-डे खेल खेलिसकेका छन् । उनले ४.६२ को इकोनोमी रहेको छ । हालसम्म उनले १६२ विकेट लिएका छन् । आईसीसीको बलरतर्फको र्‍यांकिङमा उनी चौथो स्थानमा छन् । 

युजवेंद्र चहल

भारतीय क्रिकेट टीममा छोटो समयमै सर्वाधिक सफल भएका बलर हुन्- युजवेंद्र चहल । उनी अफ्ट्यारो समयमा पनि विकेट निकाल्नमा माहिर मानिन्छन् । उनले हालसम्म भारतीय टीमका लागि कुल ४१ खेल खेलेका छन् । यस क्रममा उनले २४.६१ को औसतमा ४.८९ को इकोनोमीमा ७२ विकेट हात पारेका छन् । गुग्लीका लागि चर्चित चहल आईसीसी र्‍यांकिङको आठौं स्थानमा छन् ।  

आदिल रशीद

इंग्ल्याण्डका स्पिनर आदिल रशीदको हालसम्मको रेकर्ड राम्रै छ । छोटो अवधिमै इंग्ल्याण्ड टीममा छाप छोड्न सफल रशीदले ८७ खेलमा ५.५९ को इकोनोमीमा कुल १३० विकेट चट्काएका छन् । उनी टीमका मुख्य बलर हुन् । 

-एजेन्सीहरूको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x