विश्वकप : क्रिकेटबाट सन्यास लिइसकेका ब्रावो वेस्ट इन्डिजको वैकल्पिक सूचीमा

जेठ ६, २०७६

एजेन्सी- गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वेस्ट इन्डिजका पूर्वकप्तान ड्वेन ब्रावोको नाम विश्वकपको वैकल्पिक सूचीमा समावेश गरिएको छ । क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई)को वेबसाइटमा जारी सूचीका अनुसार ब्रावो बाहेक कायरन पोलार्डको नाम वैकल्पिक खेलाडीको सूचीमा सामेल गरिएको छ । 

ब्रावोले बोर्डसँगको विवादका कारण सन्यास लिएका थिए । ब्रावोले सन् २०१४ को अक्टोबरदेखि यता एउटा पनि एक दिवसीय खेल खेलेका छैनन् । वेस्ट इन्डिजका लागि उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०१६ को सेप्टेम्बरमा पाकिस्तानविरुद्धको टी-ट्वान्टी थियो ।


ADVERTISEMENT

उता पोलार्डले पनि दुई वर्षदेखि यता एउटा पनि एक दिवसीय खेल खेलेका छैनन् ।

वेस्ट इन्डिजले वैकल्पिक खेलाडीको सूचीमा सुनील एम्ब्रिस, जोन कोम्पवेल, जोनाथन कार्टर, रोस्टन चेज, शेन डावरिक, कीमो पोल, खेरी पियरे र रेमन रीफर समावेश गरेको छ । 

विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेल ३१ मे मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस