×

NMB BANK
NIC ASIA

तरकारीको मूल्य बढ्यो

जेठ ६, २०७६

NTC
फाइल फोटो
Premier Steels

डोटी- मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो । 

Muktinath Bank

तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, 'आवश्यकताअनुसार तरकारी उत्पादन  हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मजदूरी गरी खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन्,' उनले भने । 


Advertisment
Nabil box
Kumari

यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो २ सय रुपैयाँ पुगेको स्थानीय उपभोक्ताहरू बताउँछन् । केही दिन पहिले प्रतिकिलो सय रुपैयाँमा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्ता सोनु कामीले बताए ।

Vianet communication

उनले भने, 'प्रतिकिलो सय रुपैयाँमा पाइने गोलभेँडा मूल्य अहिले दुई सय रुपैयाँ पुगेको छ । काउली, सिमलगायतका तरकारीको भाउ पनि अत्यधिक बढेको छ, यसले हामीलाई धेरै समस्या भएको छ ।' पर्याप्तमात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारणले पनि तराई र भारतका विभिन्न स्थानबाट तरकारी आयात गर्नु परेको छ । महँगो मूल्यमा आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको देउवा तरकारी पसल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताए । उनले भने, 'जिल्लामा तरकारी पाउन छोड्यो, तराईबाट तरकारी आयात गर्नु परेका कारण मूल्यवृद्धि भएको हो ।'

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाबाट समेत तरकारी आयात हुँदै आएको छ । स्थानीय बजारमा अहिले आलु प्रतिकिलो १ सय, लौका प्रतिकिलो ८०, हरियो खुर्सानी प्रतिकिलो १५०, स्मिला प्रतिकिलो ९० कम बिक्री भइरहेका छन् । यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसले पिच्छे तरकारीको मूल्य अलग अलग लिने गरेको उपभोक्ताको गुनासो छ ।

यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग-अलग मूल्य लिइँदै गरे पनि मूल्यमा एक रूपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दिपायलका स्थानीय हर्कबहादुर बमले बताए । उनले भने, 'पसलेपिच्छे अलगअलग मूल्य लिइन्छ तर मूल्यमा एक रूपता दिन कसैले चासो देखाएका छैनन् ।' -विमलबहादुर विष्ट/रासस

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x