×

NMB BANK
NIC ASIA

मन्त्रालयको भवन मर्मतमा व्यापक अनियमितता भएको संसदीय विशेष समितिको ठहर

जेठ ८, २०७६

NTC
Premier Steels

जनकपुरधाम- संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारको लागि आवश्यक पर्ने विभिन्न मन्त्रालय र प्रदेशसभाको भवन मर्मत तथा फर्निचर एण्ड फिक्स्चर्सको शीर्षकमा व्यापक अनियमितता भएको पाइएको छ ।

Muktinath Bank

प्रदेशसभाको बैठकबाट उपसभामुख उपमा देवको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले भ्रष्टाचार भएको ठहर गरेको छ । उक्त समितिले बुधवार प्रदेशसभामा बुझाएको प्रतिवेदनमा व्यापक भ्रष्टाचार भएको ठहर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा हालको संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाको कार्यालय मार्फत नेपाल सरकारले कुल ७ करोड रुपैयाँ प्रदान गरेको थियो । मन्त्रालय तथा प्रदेशसभा सहितको लागि छनोट गरिएको भवनको मर्मतसम्भार ६ करोड रुपैयाँ र फर्निचर तथा फिक्सचर्सका लागि १ करोड गरी कुल ७ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

समितिले गरेको स्थलगत छानबिनमा तत्कालीन समयमा उक्त कार्यालयले गुणस्तरहीन काम गरेको,कार्यालय व्यवस्थापनका लागि जिन्सी सामानहरू खरीद गर्दा कम लागतको ठाउँमा बढी रकमको बिल भरपाइ बनाइ आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । कतिपय शीर्षकमा काम नै नगरी कागजमा मात्रै देखाइ रकम दुरुपयोग गरेको, कार्यालय व्यवस्थापनको लागि जिन्सी सामान खरीद गर्दा कम मूल्य पर्ने सामानको बढी मूल्यको बिल भरपाइ बनाइ रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication

समितिले कुल ३१ पटक बैठक बसेर सबै कुराको स्थलगत समेत जाँचनाप गरेर प्रतिवेदन प्रदेश सभामा पेश गरेको छ ।

जनकपुर चुरोट कारखानास्थित ए ब्लकको भुइँ तल्ला भवनको मर्मतसम्भार गर्दा व्यापक त्रुटी तथा अनियमितता भएको समितिको ठहर छ । आदर्श कन्स्ट्रक्सनले गरेको काममा अनियमितता भएको हो । सम्झौताअनुसार प्लास्टिक एम्ल्सन पेन्ट प्रयोग गर्नु पर्नेमा लोकल पेन्ट प्रयोग गरेको, सर्फेस गुणस्तरहीन देखिएको, सतह चिल्लो हुनुपर्नेमा सो अनुसार नभएको र कमसल खालको रंग प्रयोग गरेको समितिले ठहर गरेको छ ।

एक कोट रेडिमेड इनामेल पेन्टको कामको लगत अनुमान गर्दा दर विश्लेषण अनुसार १ सय २३ रुपैयाँ २८ पैसा हुनुपर्नेमा २ सय ३० रुपैयाँ २३ पैसा राखेर सोही बमोजिम ठेकेदारलाई भुक्तानी गरिएको छ । एल्मुनियमको ढोकाको सम्झौता अनुसारको ढोका तथा काँच नभएको पाइएको छ । उक्त ठेकेदारलाई सम्झौता भन्दा १ लाख ३५ हजार ७ सय ९५ रुपैयाँ बढी भुक्तानी गरिएको छ ।

त्यसै गरी सप्तऋषि बाबा निर्माण सेवाले गरेको काममा पनि अनियमितता भएको पाइएको छ । ५ मिलिमिटरको शिशा र ९ मिलिमिटरको मोटाइ भएको एल्मोनियमको शिशा प्रयोग गर्नुपर्नेमा सोअनुसार नगरेको पाइएको छ । ९० हजार ८४ रुपैयाँ ५० पैसा बढी रकम उक्त निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ ।

त्यसैगरी राणा बिल्डर्स जनकपुरधाम ६ ले गरेको काममा पनि व्यापक अनियामितता भएको पाइएको छ । यी त उदाहरण मात्र हुन् । प्रायः जसो निर्माण व्यवसायीले गरेको काममा अनियमितता भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिमा सांसदहरू बच्चा राउत, अहिर यादव, बिन्देश्वर प्रसाद यादव, शत्रुघन महतो, शिबचन्द्र चौधरी, राम कुमार यादव, सावित्री देबी साह र रंजित कुमार यादव सदस्य थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x