×

NMB BANK
NIC ASIA

मुख्य समाचार

पाँचथर हत्याकाण्ड-शव परीक्षण सकियो, प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

जेठ ९, २०७६

NTC
Premier Steels

काठमाडौं– सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि सो निवेदन दर्ता भएको हो । 

Muktinath Bank

सेवाग्राहीबाट रु १८ लाख घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा यही जेठ ६ गते पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले ठरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको हो ।


Advertisment
Nabil box
Kumari

काङ्ग्रेसद्वारा पाँचथर घटनाको छानबिन गर्न माग  

Vianet communication

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा नौ जनाको साम्ूहिक हत्या भएको घटनाको गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ । 

काङ्ग्रेसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ ।

 विधेयक प्रतिनिधिसभामा फिर्ता

राष्ट्रपति कार्यालयले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक  प्रतिनिधिसभामा फिर्ता पठाएको छ । 
    
विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी हुन् । 
 सो विधेयक राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

शव परीक्षण सम्पन्न
    
सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त प्रमाण लिएर फर्किए पनि सीआइबिकै अर्को टोलीको नेतृत्वले स्थलगत अनुसन्धान जारी राखेको उपरीक्षक कुँवरले बताए । 

मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको बिभत्स हत्यामा बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमलाई प्रहरीले मुख्य अभियुक्त ठह¥याएको छ । माखिमको शव मङ्गलबार उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो । माखिमको शव फेला परेको स्थानबाट करीब १० मिनेटको पैदल दुरीमा रहेको मिक्लाजुङ गाउँपालिका–८ को मालबाँसे जङ्गलमा रगत लत्पतिएको दापसहितको एक थान खुकुरी, रगत लत्पतिएका तीन थान टिसर्ट, एक थान झोला, एक जोर चप्पल र एक थान हाफपाइन्ट फेला परेको थियो । 

थप अनुसन्धानका ती सामग्री प्रहरी विधि विज्ञान प्रयोगशालामा पु¥याइने भएको छ । 
    
सामूहिक हत्या प्रकरणमा मारिएका नौजना र आत्महत्या गरेका एक जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण र शवमाथि अनुसन्धान र प्रमाण सङ्कलन सम्पन्न गरिएको छ । “शव परीक्षण सकेर शव बुधबार अपरान्ह आफन्तलाई जिम्मा लगाइएको छ”, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने । 

वाणिज्य सङ्घका अध्यक्ष पक्राउ 
उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । । 

रेग्मीका अनुसार अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । रेग्मीसहित प्रदेशसभा सदस्य कृष्ण खनालको टोलीले सङ्कलन केन्द्रमा तोडफोडसहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई बुधबार रत्ननगरबाट पक्राउ गरेको हो । 

वर्षाले हवाईसेवा प्रभावित

केही दिनदेखिको लगातारको वर्षाका कारण पोखराको जनजीवन प्रभावित भएको छ । नियमितरुपमा वर्षा हुँदा बुधबार पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार आज चार वटा विमानको सेवा अवरुद्ध भएको छ । 

निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । पोखरा घुम्न आएका पर्यटकसमेत मारमा परेका छन् । पर्यटक होटल बाहिर निस्कन सकेको थिएनन् । व्यापार व्यवसाय प्रभावित भएको स्थानीय व्यवसायी गुरुदत्त पौडेलले बताउनुभयो । निरन्तरको वर्षाबाट चैते धानबालीलाई फाइदा पुगेको छ भने तरकारी बालीलाई नोक्सानी गरेको बताइएको छ । 

सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन
सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ वनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय वनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ । 

सेमेष्टर प्रणालीलाई थप शक्तिशाली वनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको वातावरणमा लाग्न जोड दिइएको छ । सो प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका बाहिरका १६ आंगिक क्याम्पसबाट ३२ र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पससमेत गरी ८० जना अन्तक्र्रियामा सहभागी रहेका थिए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले सिकाइ आफँैमा जटिल एवं दायरा फराकिलो भएकाले शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताए । 

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले सो प्रणालीले कक्षाकोठामा अन्तक्र्रियाको वातावरण निर्माण गर्दै विद्यार्थीलाई निष्क्रिय हुनबाट जोगाउने बताए । 

राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा

 राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी करीब एक महीनाको अवधिमा गोरखामा समापन गरिने निर्णय भएको नेता देवेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार यही जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    घाइते विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । 

घाइते घिमिरेको उपचारको क्रममा बुधबार बिहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । 

प्राविधिक टोली सगरमाथा पुग्यो

सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले बुधबार बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास विनदुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डङ्गोलले जानकारी दिए । 

विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले आवश्यक तालीम तथा पथ प्रदर्शकको व्यवस्था गरी प्राविधिकलाई त्यस क्षेत्रमा गत चैत २७ गते खटाएको थियो । उक्त टोलीमा नापी विभागका सुरजसिंह भण्डारी र युवराज धितालसमेत छन् । 

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने
    
नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ । 

कुशादेवीका आठ, पाँचखालका तीन, मण्डन देउपुरका सात चिलिङ सेन्टर र पाँचखालस्थित खावा तथा केराघारीका ११ दूध सङ्कलन केन्द्रको अनुगमन गरी दूध परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको डिभिजन कार्यालय धुलिखेलका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले जानकारी दिए । 


अनुगमनका क्रममा दूधमा केमिकल नमिसाउन तथा प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । 

निर्देशिका अनुसार दूधमा स्वच्छता कायम गर्न धुलिखेलस्थित कार्यालयले पनौती नपा, नमोबुद्ध नपास्थित भकुण्डे र पाँचखाल नपाका दूध व्यवसायी एवं अगुवा कृषकलाई अभिमुखीकरण गराएको छ । क्रमैसँग जिल्लामा रहेका चिलिङ सेन्टर तथा दूध सङ्कलन केन्द्र अनुगमन गर्दै जाने खाद्य अनुसन्धान अधिकृत भण्डारीले बताए । 

केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न निर्देशिका अनुसारको स्टिल तथा आल्मुनियमका भाँडा प्रयोग गरिसकेका र केहीले भाँडा बनाउन दिएको बताएका छन् । निर्देशिका अनुसार अब कृषकले समेत प्लाष्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् । उनका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सोसम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ । 

पेट्रोल पम्पको अनुगमन

काठमाडौँ महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ । 
    
हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।  कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरी अनुगमन गरिएको हो । 
    
समितिले ल्याएको अनुगमन प्रतिवेदनका आधारमा बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने उनले बताए । 
प्रतिवेदनका आधारमा स्थानान्तरण गर्न सकिनेलाई स्थानान्तरण गर्ने र नमिल्नेलाई थप व्यवस्थापनको सम्वनध भएका निकायलाई आग्रह गरिने उनले जानकारी दिए । 
    
पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि महानगरले अध्ययन थालेको हो । 

भाडा समायोजन

नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ ।

विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । 

तामाङले स्वीकारे नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।

प्रेस सङ्गठन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहअध्यक्ष तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, भने, “पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।”

सहअध्यक्ष तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको पनि बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x