आर्थिक सर्वेक्षण: पुँजीगत खर्च प्रवृत्तिमा आएन सुधार, यस्तो छ खर्चको प्रवृत्ति

जेठ १३, २०७६

काठमाडौं– सोमवार सार्वजनिक भएको आव २०७५÷०७६को आर्थिक सर्वेक्षण प्रतिवेदनले पुँजीगत खर्च हुने सरकारी प्रवृत्तिमा सुधार नआएको औंल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार प्रतिनिधि सभा संसदमा पेश गरेको प्रतिवेदनले सरकारको खर्च गर्ने क्षमतामा सुधार आएपनि सोको तुलनामा पुँजीगत खर्चको भुक्तानी गर्ने प्रवृत्तिमा सुधार नआएको औंल्याएको हो । ‘खर्च गर्ने क्षमतामा भएको सुधारको अनुपातमा पुँजीगत खर्चको भुक्तानी प्रवृत्तिमा सुधार भएको देखिदैन’ प्रतिवेदनमा भनिएको छ, ‘पछिल्ला वर्षहरुमा आर्थिक वर्षको अन्तिम २ महिनामा मात्रै कुल खर्चको ५० औषतमा प्रतिशत भन्दा बढि भुक्तानी भएको देखिन्छ, ।’


ADVERTISEMENT

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको तेस्रो तथा अन्तिम चौमासिकमा मात्रै ६० प्रतिशत भन्दा बढि भुक्तानी हुने गरेको छ ।

जेठ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस