×

NMB BANK
NIC ASIA

काठमाडौं – संविधान जारी भइसकेपछि २०७२ सालको १६ असोजमा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष एवं हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले थुप्रैको 'प्रधानमन्त्री ग्रन्थी' रसाएको टिप्पणी गरेका थिए । पहिलो संविधानसभामा प्राप्त गरेको आकार स्वात्तै घटेर तेस्रो दलको नेता हुँदा-हुँदै पनि प्रचण्ड त्यतिबेला राजनीतिको केन्द्रबिन्दुमै थिए ।

Muktinath Bank

'शुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी ओली, माधवकुमार नेपाल लगायत थुप्रै नेता र मधेशवादी दलहरूबाट पनि अब प्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्दै ग्रन्थी रसाएको छ,' प्रचण्डले भनेका थिए, 'तर यसपटक माओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै दाबी गर्दैन । हाम्रो जोड सकेसम्म सहमतीय सरकार बनाउनेमा छ ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला थुप्रैको 'प्रधानमन्त्री ग्रन्थी' रसाएको टिप्पणी गर्ने प्रचण्डमा पनि केही दिनयता त्यही प्रधानमन्त्री ग्रन्थी रसाएको जस्तो देखिएको छ । गणतन्त्र दिवसको दिन प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले पार्टी एक हुँदा भएको सहमतिका बुँदाहरू स्मरण गराउँदै अबको एक वर्षमा आफू प्रधानमन्त्री बन्न सक्ने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

सहमतिको चौथो बुँदामा समान समयावधिका आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । यद्यपि यो सहमति पहिलोपटक बाहिरिएको भने होइन । प्रचण्डले पुरानै सहमतिका बुँदाहरू स्मरण गरेर राजनीतिक तलाउमा एउटा ठूलो ढुंगा फ्याँके । त्यसबाट सिर्जित तरंगले केही दिनयता नेपालको राजनीतिक वृत्तमा हलचल निम्त्याएको छ । 

Vianet communication

प्रचण्डको निशाना - सरकार कि पार्टी ?

प्रचण्डले सहमतिका बुँदाहरू उप्काएर आफू एक वर्षभित्र प्रधानमन्त्री बन्न सक्ने सन्देश त दिए तर जानकारहरूका अनुसार प्रचण्डमा अहिले सरकारको नेतृत्व गरिहाल्ने हतारो देखिएको छैन । गठन भएको डेढ वर्ष पुग्न लागेको सरकार अहिले चौतर्फी आलोचनाको केन्द्रमा छ । सरकारले कामभन्दा बढी गफ लगाउँदै हिँडेको स्वयं सत्तारूढ दलका नेताहरूले आरोप लगाउने गरेका छन् । 

'कमरेड प्रचण्डले पार्टीभित्र आफ्नो भूमिका स्पष्ट हुनुपर्ने माग गर्नुभएको हो,' नेकपाका एक नेताले भने, 'सरकार परिवर्तन अहिलेको आवश्यकता र प्राथमिकता दुवै होइन । स्थायी र स्थिर सरकार दिन्छौं भनेर जनतासँग भोट मागिएको तथ्यलाई पनि बिर्सिनु हुँदैन ।' 

निर्वाचनताका जनतालाई स्थायी र स्थीर सरकार दिने भनेर वाम गठबन्धनले भोट मागेको थियो र सोही अनुसार जनताले भोट दिए । जनताले एकतालाई अनुमोदन गरेको भन्दै एक वर्षअघि पार्टी एक पनि भयो । तर पार्टी प्राविधिक रूपमा मात्र एक भएको जस्तो देखिएको छ, बेलाबेलामा नेताहरूले देखाउने हाउभाउले पार्टी भावनात्मक रूपमा एक भएको देखिएको छैन । 

सधैं राजनीतिको केन्द्रमा रहिरहन चाहने प्रचण्ड स्वयं दुईपटक प्रधानमन्त्री भए भने धेरैपटक प्रचण्डले अन्य नेताहरूको नाममा सहमति जुटाए । एमालेसँग एकीकरण गरिसकेपछि प्रचण्ड ठूलो पार्टीको अध्यक्ष त बने, तर आधा अध्यक्ष मात्र, पूरा बनेनन् । सहमतिका बुँदाहरू उप्काउँदै प्रचण्डले 'केपी ओली नै ५ वर्षको प्रधानमन्त्री बन्न सक्ने तर त्यसका लागि पार्टीभित्र नयाँ सहमति आवश्यक पर्ने' बताएका थिए । उनको अभिव्यक्तिको सोझो अर्थ, केपी ओलीले ५ वर्ष सरकार चलाउने हो भने, पार्टीको कार्यकारी अध्यक्ष आफू बन्न पाउनुपर्ने भन्ने लाग्छ । 

गत तीन दिनमा प्रचण्ड पटक-पटक त्यही विषयमा बोलिरहेका छन् । शनिवार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सहमति पालना गर्ने हो भने अबको एक वर्षमा आफू प्रधानमन्त्री बन्ने बताए भने शनिवार साँझ कार्यकर्तासँग कुरा गर्दै यही सरकार ५ वर्ष टिक्ने बताए ।

कहिले सरकार ५ वर्ष टिक्छ, कहिले सरकार १ वर्षमा परिवर्तन हुन्छ भन्दै हिँड्ने प्रचण्डले आफूलाई बेलाबेलामा लाग्ने गरेको 'दुईजिब्रे' नेताको आरोपको पुष्टि आफैंले गर्ने गरेका छन् । 

उपयुक्त समयमा उपयुक्त जवाफ दिने ओलीको तयारी !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि आयोजना भएको शपथ ग्रहण कार्यक्रममा उपस्थिति जनाउन दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार सञ्चारकर्मीहरूसँग यो कुनै नौलो सहमति नभएको बताए । तपाईं अब एक वर्षमात्र प्रधानमन्त्री भन्दै सोधिएको अर्को प्रश्नमा ओलीको आक्रोश देखियो ।

उनले आफू ४-५ दिनको प्रधानमन्त्री रहेको जवाफ दिए । यो बाहेक थप टिप्पणी गर्न चाहेनन् । विमानस्थलमा पनि ओलीले पत्रकारहरूसँग केही बोल्न चाहेनन् । 

स्वदेश फर्किंदा जहाजमै प्राइम टेलिभिजनका ऋषि धमलालाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री ओलीसँग जब सरकारको आयुका बारेमा प्रश्न सोधियो, उनको अनुहार आक्रोशित देखिन्थ्यो तर आफूलाई संयमित देखाउने प्रयास गरे । जहाजमा ओलीले आफू ४-५ महिनाको प्रधानमन्त्री हुने बताए । 

पार्टीभित्रको आन्तरिक समीकरण आफू अनुकूल नभएको अनुभव गरेका ओली अहिल्यै प्रचण्डले तलाउमा फ्याँकेको ढुंगाको जवाफ दिन तयार छैनन् । तर सरकारलाई नै विवादित बनाउने खालको प्रचण्डको अभिव्यक्तिलाई ओलीले सकारात्मक रूपमा लिएका छैनन् भन्ने उनको हाउभाउबाट पनि प्रष्ट हुन्छ ।

स्रोतका अनुसार ओलीले आफ्ना निकटस्थलाई 'उपयुक्त समयमा उपयुक्त जवाफ दिने' भन्दै यसबारेमा अहिले थप टिकाटिप्पणी नगर्न आग्रह गर्ने गरेका छन् । 

प्रचण्ड अनुकूल पार्टीको आन्तरिक समीकरण 

९ सदस्यीय सचिवालयमा पूर्वएमाले तर्फका वामदेव गौतमले सार्वजनिक रूपमै सहमति अनुसार आलोपालो गर्नुपर्ने बताएका छन् भने अन्य सचिवालय सदस्यहरू चुप छन् । प्रचण्डले पूर्व माओवादीलाई एकढिक्का हुन निर्देशन दिइसकेको स्रोत बताउँछ ।

नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा 'बादल'ले प्रचण्डको साथ छोड्न सक्ने सम्भावना निकै कम छ भने महासचिव पौडेल दुवैतर्फ उत्तिकै 'राम्रा' छन् । बाँकी रहेका माधवकुमार नेपाल आफ्नो समूहलाई थप प्रभावशाली बनाउने पक्षमा देखिएका छन् । झलनाथ खनालले अहिल्यै मुख खोलिसकेका छैनन् । सचिवालयमा स्पष्टरूपमा ओलीको पक्षमा ईश्वर पोखरेल देखिन्छन् । 

स्थायी कमिटीमा पनि प्रचण्डकै पक्ष निर्णायक देखिएको छ । नेता नेपाल समूहबाट १३ जना, ओली समूहबाट १३ जना र प्रचण्डको पक्षमा १९ जना नेताहरूले स्थायी कमिटीमा प्रतिनिधित्व गरेका छन् । पछिल्लो समयमा यो आंकडामा थोरै हेरफेर भएको भएपनि पूर्वएमाले खेमामा स्पष्ट दुईधार देखिएकाले प्रचण्डले त्यही परिस्थितिलाई आफ्नो अनुकूल रहेको व्याख्या गरेका हुन सक्छन् । 

गत पुसमा बसेको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले सरकारको आलोचना गरेका थिए । सरकारको नेतृत्व गरेका ओली पनि उक्त आलोचनाको शिकार बने । आफ्ना आलोचकलाई सार्वजनिक मञ्चबाट 'खुइलिने' गरी दनक दिने स्वाभावका ओलीलाई बेलाबेलामा आफ्नो समूहलाई मात्र च्यापेर अघि बढ्ने गरेको आरोप लाग्ने गर्छ । 

एकताको एक वर्षमा पार्टीभित्र आफ्नो पकड बढाउँदै लगेका छन् । जिल्ला कमिटीको नेतृत्वमा पनि प्रचण्ड बहुमतमा छन् भने हालसम्म गठन हुन नसकेको पोलिटब्युरोमा पूर्वएमाले पक्षधर विभाजित भएको स्थितिमा प्रचण्डनै निर्णायक हुने प्रष्ट देखिएको छ । 

अझै १० वर्ष सक्रिय राजनीति गर्ने प्रचण्डको चाहना

गत पुस २९ गते प्रचण्डले एक कार्यक्रममा अझै १० वर्ष देशलाई नेतृत्व गर्ने चाहना रहेको बताएका थिए । आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको भन्दै अब १० वर्ष देशलाई समृद्ध बनाउने अवसरको नेतृत्व पनि आफूले गर्ने उनको भनाइ थियो ।

प्रचण्डले एकपटक मात्र होइन, पटक-पटक आफूलाई अझै एक दशक निर्विकल्प बताउने गरेका छन् । प्रचण्डमा पलाएको ठूलो पार्टीको सर्वमान्य नेता बन्ने अभिलाषाले नै एमालेसँग पार्टी एकता गर्न उत्प्रेरणा दिएको थियो । 

राजनीतिमा आफ्नो सक्रियता आफैं परिभाषित गरेका अध्यक्ष प्रचण्डले अहिल्यै सरकारको नेतृत्व दाबी गर्ने बलियो आधार चाहिँ पेश गर्न सकेका छैनन् । सहमतिमा आलोपालो हुने भनिएता पनि पार्टीको नेतृत्व आफूले पाए ५ वर्ष नै केपी ओलीलाई सघाउनेतिर उनको अभिव्यक्ति परिलक्षित देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x