रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा

जेठ २२, २०७६

काठमाडौं- विश्वको पुरानो मोटरसाइकल कम्पनी 'रोयल इनफिल्ड' को नेपालका लागि आधिकारिक विक्रेता एभभी.दुगड ग्रुपको विवेक अटोमोबाइल्सले लोकप्रिय मोडल क्लासीक ३५० सीसी बीएस आई भी गनमेटल ग्रे विथ रियर डिस ब्रेक नेपाली बजारमा सार्वजनिक गरेको छ । 

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटलमा स्पोटी लूक, म्याट फिनिश र रियर डिस ब्रेकजस्ता विशेषता छन् । यो नेपाली युवाहरूको ड्रिम ब्राण्ड हो । यसले युवा, व्यावसायकि तथा शौखिन समूहको मन जितिरहेको छ । 


ADVERTISEMENT

विवेक अटोमोबाइल्स प्रालिले आफ्ना १९ वटा शाखा एवं डिलरहरू मार्फत बिक्री वितरण शुरू गरेको छ । 

यो बाइकलाई केही समय सम्मका लागि मात्र ५ लाख १५ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । 

विश्वमा मिड साइज मोटरसाइकल उत्पादन गर्ने कम्पनीमध्ये रोयल इनफिल्ड विश्वको नम्बर १ कम्पनी हो । रोयल इनफिल्ड कम्पनीले आफ्ना ग्राहकका मागलाई पूूर्ति गर्न द्रुत गतिका साथ उत्पादन बढाइरहेको छ ।

रोयल इनफिल्ड विगत ५ वर्ष देखि ४० प्रतिशतका दरले वृद्धि हासिल गरिरहेको छ । 

जेठ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस