जुलियन असान्जलाई बेलायतले अमेरिकासमक्ष सुपुर्दगी गर्ने प्रस्तावमा गर्‍यो हस्ताक्षर

जेठ ३०, २०७६

काठमाडौं – सूचना पारदर्शिता अभियन्ता जुलियन असान्जलाई बेलायतबाट अमेरिकासमक्ष सुपुर्दगी गर्ने प्रस्तावमा बेलायतका गृहमन्त्री साजिद जाभिदले हस्ताक्षर गरेका छन् ।

भोलि हुने अदालती सुनुवाइअघि प्रस्तावमा आफूले हस्ताक्षर गरेको जाभिदले बताए । गोप्य सूचना ह्याक गरेकोमा अमेरिकामा पुर्पक्षको सामना गर्न असान्जलाई सुपुर्दगी गर्ने सम्भावना बढेर गएको छ । उनलाई यौन दुर्व्यवहारको आरोपमा स्विडेनसमक्ष सुपुर्दगी गर्ने सम्भावनाअघि अमेरिका पठाइने देखिन्छ । 


ADVERTISEMENT

अमेरिकाको इतिहासमा गोप्य सूचना चुहिएको सबभन्दा ठूलो घटनाका लागि अमेरिकी अधिकारीहरूले असान्जलाई पक्राउ गर्न खोजेका छन् ।

असान्जविरुद्धको सबै आरोपमा दोषी ठहर गरिएमा विकिलीक्स संस्थापकलाई १७५ वर्षको कारावास सजाय दिइनसक्छ । 

एजेन्सी
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस