कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
जेठ ३२, २०७६
सुर्खेत- कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटको तयारी पूरा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । असार १ गते आइतवार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट ल्याउँदै छ ।
झण्डै ३३ अर्बको हाराहारीको बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकम समेतलाई अनुमान गरी ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशका लागि संघीय सरकारको समानिकरण अनुदान नौ अर्ब ८४ करोड ८३ लाख राजश्व बाँडफाँडको सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ प्राप्त भएको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा ९२ करोड विशेष अनुदान र तीन करोड समपुरक अनुदान पाएको कर्णाली सरकारले आगामी वर्षमा एक/एक अर्ब विशेष र समपुरक अनुदान र २० करोड आन्तरिक राजश्व संकलनको लक्ष्यसहित बजेटको तयारी गरेको छ,’ मन्त्री ज्वालाले भने, ‘प्रदेश सरकारले आन्तरिक राजश्व आगामी वर्ष घटाएर २० करोड राख्ने भएको छ । चालु आवमा आन्तरिक राजश्व ५० करोड उठाउने लक्ष्य लिएको थियो । कर्णाली सरकारले पाँच अर्ब एक करोडको सशर्त अनुदान प्राप्त गर्नेछौं ।’
सरकारले योसँगै आगामी आर्थिक वर्षका लागि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएको छ । यो बजेट चालु आर्थिक वर्षमा ल्याएको बजेटभन्दा झण्डै पाँच अर्ब बढी हो । चालु आवमा कर्णाली प्रदेशले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो ।
सो बजेटको विकास बजेट पनि खर्च हुने सकेको छैन । सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १५ प्रतिशतमात्र बजेट खर्च गरेकोमा असार मसान्तसम्म त्यो खर्च ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । मन्त्री ज्वालाका अनुसार असार मसान्तसम्म करीब आठ अर्ब रुपैयाँ सञ्चित कोषमा रहने अनुमान छ ।
आगामी वर्षको बजेटलाई परिमाणमुखी बनाउन प्रदेश गौरवका योजनाहरूलाई महत्त्व दिइएको दाबी मन्त्री ज्वालाले गरेका छन् । कर्णाली सरकारले वितरणमुखी भन्दा प्रतिफल देखिने गरी योजना बनाउन लागेको उनले उल्लेख गरे । उनले भने, 'त्यसका लागि एक करोडभन्दा माथिका योजनाहरू मात्र प्रदेश सरकारले बनाउने बजेट तयार भइरहेको छ । एक करोड तलका योजनाको बजेट अब प्रदेशले बनाउने छैन ।’
तर कर्णाली प्रदेश सभाका सदस्यहरू भने सरकारको यो निर्णपय प्रति सहमत छैनन् । सरकारको नीति तथा कार्यक्रम बारेको छलफलमा सरकारले साना आयोजनाका लागि पनि बजेटको व्यवस्था गर्नुपर्ने भनाइ राखेका थिए ।
कर्णाली प्रदेश सरकारले असार १ गते प्रस्तुत गर्ने आगामी बजेटमा उद्योग, पर्यटन, पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकता दिने भएको छ । उद्योग र पर्यटनले धेरैलाई रोजगारी दिने भएकोले त्यसलाई प्रथामिकता दिइने मन्त्रालयले जनाएको छ । पूर्वाधार विकास र त्यसमा पनि सडक निर्माणको योजनाहरूलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।
सरकारको नीति तथा कार्यक्रममा समेटिएका कर्णालीको आधारभूत विकास, खाद्यान्नमा आत्मनिर्भरता, कृषिमा आधुनिकीकरण, जल, जमिन, जडिबुटी, जंगल र जनशक्तिको अधिकतम उपयोग, एकीकृत बस्ती निर्माणजस्ता क्षेत्रको विस्तारमा पनि बजेटले प्राथमिकता दिने भएको छ ।
चालु आवमा सोचेजसरी बजेट खर्च गर्न नसकिएको मन्त्री ज्वालाले स्वीकार गरे । ‘चालु आर्थिक वर्षमा सरकारले सोचे अनुसारको विकासे बजेट खर्च गर्न सकेन, ’ उनले भने, ‘नयाँ संरचनाले गर्दा अनुभवको कमी, कर्मचारीको अभाव, परियोजना बैंक निर्माण हुन नसकेको, कानूनी जटिलताले गर्दा बजेट खर्च गर्न सकिएको थिएन ।’ तर उनले यो वर्ष ल्याइने बजेटलाई कार्यान्वयन गर्न सकिने गरी ल्याइने बताएका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...