×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे व्यङ्ग्य– बेल्चाले मकै गोडेको देख्दा कुरीकुरी लागेन ?

असार २, २०७६

NTC
Premier Steels

काठमाडौ– प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा देशभर राज्यकोषको दुरुपयोग भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाएको छ । 

Muktinath Bank

सोमवार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद मीन बहादुर विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा भइरहेको खर्च हेर्दा सत्ता पक्षलाई समेत लाज लाग्ने अवस्था सिर्जना भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा छुट्याइएको २ अर्ब ३७ करोड एक महिनामा खर्च भएको छ, काम के गरेछ भन्दा कामदारलाई बेल्ट लगाइदिएछ, ज्याकेट लगाइदिएछ, बुट लगाइदिएछ यो गर्मीमा पनि र हातमा औजार दिएछ बेल्चा,’ सांसद विश्वकर्माले संसदको बैठकमा भने, ‘काम के लगाएछ भन्दा मकै गोड्ने ! यो हेरेपछि प्रतिपक्षलाई मात्र कुरीकुरी लागेन होला, प्रधानमन्त्री विदेशमा हुँदा प्रधानमन्त्रीको साटो न्युजपेपरले पनि हँसाए होला जस्तो लाग्छ ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा मकै गोड्ने, झार उखेल्ने सडकका गाई धपाउने, स्कूलका आँगन बढार्नेजस्ता काममा बजेटको दुरुपयोग भएकोमा आम जनताले कुरीकुरी गरेको उनले दाबी गरे । 

Vianet communication

‘साँच्चै उत्पादनशील क्षेत्रमा लगाएको भए २ अर्ब ३७ करोडले सिड मनीको रूपमा युवालाई रोजगारी दिएको भए ५ लाख दिएको भए, ५ हजारलाई, ४ लाख दिएको भए ८ हजार, ३ लाखले पाएको भए १२ हजार र १ लाख दिएको भए २५ हजार बढीले रोजगारी पाउँथे,’ विश्वकर्माले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पर्वको रूपमा, उत्साहको रूपमा ज्याकेट लगाउने र फोटो खिचाउने काम भयो । बेल्चाले मकै गोडेको थाहा छैन, भएको मकै बारी नष्ट गर्ने काम गरेको छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा देशभर बजेटको दुरुपयोग भइरहेका समाचार प्रकाशमा आएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x