×

NMB BANK
NIC ASIA

क्रिकेट विश्वकप : कुन टोली सेमिफाइनलमा पुग्ला, को भयो आउट ?

असार ५, २०७६

NTC
Premier Steels

काठमाडौं – क्रिकेट विश्वकपका लीग म्याचहरू आधाउधी सकिएका छन् । अहिलेसम्म टीमहरूले पाएको अंकको आधारमा हेर्ने हो भने दक्षिण अफ्रिका, पाकिस्तान र अफगानिस्तान सेमिफाइनलको दौडबाट बाहिरिइसकेका छन् । 

Muktinath Bank

सेमिफाइनल पुग्नका लागि न्युजील्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतको दाबेदारी बलियो छ । भारतले अन्य तीन टीमभन्दा एक म्याच कम खेलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बंगलादेश, वेस्ट इन्डीज र श्रीलंका चाहिँ सेमिफाइनलमा पुग्न अझै पनि संघर्ष गरिरहेका छन् । यसपालि राउन्ड रोबिन फर्म्याट अपनाइएकाले सबै टीमले एकचोटि सबैसँग भिड्नुपर्नेछ र शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । 


Advertisment
Nabil box
Kumari

न्युजील्यान्डले पाँच खेलमा नौ अंक ल्याएर शीर्ष स्थान बनाएको छ । ऊ यस प्रतियोगितामा अहिलेसम्म हारेको छैन । ऊ सेमिफाइनल पुग्ने पक्का छ । 

Vianet communication

इंग्ल्यान्डले पाँच खेलमा चार जीत र एक हार बेहोरेको छ । उसको कुल आठ अंक छ । उसले श्रीलंका, अस्ट्रेलिया, भारत र न्युजील्यान्डसँग खेल्न बाँकी छ । 

अस्ट्रेलियाले पाँच खेलमा आठ अंक ल्याएको छ । उसले भारतसँग मात्र हार्नुपरेको छ । बंगलादेश, इंग्ल्यान्ड, न्युजील्यान्ड र दक्षिण अफ्रिकासँग अस्ट्रेलियाले खेल्न बाँकी छ । 

भारतले पनि यस प्रतियोगितामा एउटा खेल पनि हारेको छैन । न्युजील्यान्डविरुद्धको खेल वर्षाले हुन सकेन । उसले अस्ट्रेलिया, पाकिस्तान र दक्षिण अफ्रिकालाई हराएको छ । उसले अब अफगानिस्तान, वेस्ट इन्डीज, इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । इंग्ल्यान्डविरुद्धको खेल उसका लागि कठिन छ । 

बंगलादेश पाँच म्याचमा पाँच अंकका साथ पाँचौं स्थानमा छ । उसले राम्रा टोलीसँग भिड्न बाँकी नै छ त्यसैले उसको सेमिफाइनल यात्रा कठिन छ । 

श्रीलंकाले पाँच म्याचमा चार अंक मात्र ल्याएको छ । छैठौं स्थानमा रहेको श्रीलंकाले बाँकी चारै खेल जित्नुपर्ने हुन्छ । इंग्ल्यान्ड र भारतविरुद्ध उसले खेल्नै बाँकी छ । त्यसैले उसको चान्स खासै छ ।

वेस्ट इन्डीज चाहिँ सातौं स्थानमा छ । उसले पाँच म्याचमा जम्मा तीन अंक ल्याएको छ । बाँकी चार म्याच उसले जित्नैपर्ने हुन्छ र न्युजील्यान्ड तथा भारतसँग उसको म्याच कठिन हुनेछ । 

आठौं स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ म्याचमा तीन अंक मात्र ल्याएको छ र सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । उसले अब पाकिस्तान, श्रीलंका र अस्ट्रेलियासँग खेल्न बाँकी छ । 

पाकिस्तान टीमले पनि पाँच खेलमा जम्मा तीन अंक ल्याएको छ । इंग्ल्यान्डलाई हराएर प्रतियोगितको शानदार शुरूआत गरेको पाकिस्तानले त्यसपछि अत्यन्तै खराब प्रदर्शन गर्दै गयो । अब बाँकी म्याचहरू जितेर आत्मसम्मान फर्काउने विकल्प मात्र छ पाकिस्तानलाई, सेमिफाइनल दौडबाट ऊ बाहिरिइसकेको छ । 

अफगानिस्तान यस प्रतियोगिताको सबभन्दा निरीह टोली बनेको छ । उसले पाँच खेल खेलेकोमा पाँचैवटामा हार बेहोरेको छ । उसले भारत, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डीजविरुद्ध खेल्न बाँकी छ र कम्तीमा एउटा खेल जितेर आत्मसम्मान जोगाउन खोजेको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x