८ लाख घुससहित उपकूलपति रौनियार अख्तियारको फन्दामा

असार २६, २०७६

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार ८ लाख घुससहित पक्राउ परेका छन्  
प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  टङ्गालबाट खटिएको टोलीले  उनीसँगै डा रामहरी रौनियारसमेतलाई ८ लाख घुससहित पक्राउ गरेको हो । 
उनीहरुलाई घुसबापतको रकम लिइसकेको अवस्थामा धरानस्थित उपकुलपतिको निवासबाटै रङ्गेहात पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएका छन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 


ADVERTISEMENT

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस