×

NMB BANK
NIC ASIA

केयूमा टीभीइटी लक्षित मास्टर्स डिग्री कार्यक्रम शुरू

असार ३१, २०७६

NTC
Premier Steels

काठमाडौं - काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीइभीटी) लक्षित मास्टर्स डिग्री कार्यक्रम ल्याएको छ ।

Muktinath Bank

यो कार्यक्रम दक्षिण एशियामै पहिलो पल्ट काठमाडौं विश्वविद्यालयले  सुरु गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएलगत्तै देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

देशका ७० प्रतिशत युवायुवतिले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्राप्त गर्न सके समाज रुपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ । सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने महत्वकांक्षी योजना राखेको छ । देशभर सीटीईभीटीका झण्डै ६०० आंगिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् ।

Vianet communication

सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरेको हो ।

 “सरकारले एक गाउँ एक प्राविधिक शिक्षालयको अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौं” स्कूल अफ एजुकेसनका डिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले भन्नुभयो र थप्नुभयो “तर यो कार्यक्रमको पूर्व तयारी पहिलेबाट भएको थियो ।“

पराजुलीले सरकारले प्राथमिकताका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा तथातालिमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रुपमा यो कार्यक्रम सुरु गरेको बताउनुभयो ।

नेपालको प्राविधिक शिक्षा तथा तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयूको यो कार्यक्रम कोशेढुंगा सावित हुने कुरा प्राध्यापक डाक्टर टंकनाथ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो – “नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ ।“

प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विज्ञ डाक्टर उषा भण्डारीले भन्नुभयो - “प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रको लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य बिशेषज्ञ तयार गर्दछ।“ उहाँले भन्नुभयो “पढ्ने मात्र नभई गरीखान सिकाउने शिक्षाको  विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ ।“ यस शैक्षिक कार्यक्रममा केयूले निश्चित संख्यामा छात्रावृत्ति समेत प्रदान गर्ने जनाइएको छ । हाल भर्ना प्रक्रिया जारी रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x