×

NMB BANK
NIC ASIA

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

साउन १, २०७६

NTC
Premier Steels

स्ट्रासबर्ग– जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन् । 

Muktinath Bank

आयोगको अध्यक्षका लागि मंगलवार भएको मतदानमा उनी झिनो मतका आधारमा निर्वाचित भएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छन् । युरोपेली संघमा आवद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाई समर्थन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

कूल ७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गरेकी थिइन् । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्नेछिन् । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जन्कर रहेका छन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

Vianet communication

बहुभाषी एवं सात बालबच्चाकी आमा उर्सुलाले मतदानपछि सांसदहरूलाई सम्बोधन गर्दै भनिन्, 'बेलायतको बहिर्गमन पश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरू रहेको र मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको छ । तैपनि मलाई निर्वाचित गराउनुभएकामा सबैलाई धन्यवाद दिन चाहन्छु ।'

उनले भनिन्, 'हामी सबै मिलेर रचनात्मक कार्य गर्नु पर्दछ, किनभने मेरो सम्पूर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुनेछ ।' 

उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो । यदि उनी पराजित भएकी भए ब्रसेल्सको सर्वोच्च पदका लागि विभिन्न समूहबीच तीव्र र अस्वस्थ प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । 
ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्नेछ ।

Photo : Theguardian

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x