१६ जुवाडे पक्राउ

सन्दर्भ तस्वीर
साउन ४, २०७६

भक्तपुर- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । 


ADVERTISEMENT

जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार ३५० रुपैयाँ र ३४ लाख ३० हजारको विभिन्न बैंकहरूको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताए । 

साउन ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस