बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
साउन २४, २०७६
काठमाडौं– दशैं तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा दैनिक उपभोग्य वस्तुमा महंगी बढेको छ । सरकारले संकलन गरेको मुल्यसूची अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य २२ प्रतिशतसम्म बढेको हो ।
सरकारले नेपाल खुद्रा व्यापार संघमार्फत गत जेठ ३१ गते र साउन २१ गतेको मुल्य संकलन गरेको छ । सो अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य ६ देखि २२ प्रतिशत सम्म बढेको छ ।
संकलित विवरण अनुसार स्टिम जिरा मसिनो चामलको मुल्य ६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । गत ३१ मा प्रतिकेजी ७५ रुपैयाँका दरले रहेको स्टिम जिरा मसिना चामलको मुल्य साउन २१मा (मंगलवार) ८० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
त्यस्तै लङ्ग ग्रेन बासमती चामलको मुल्य ७ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ गते प्रतिकिलो १ सय ३० रुपैयाँका दरले रहेको सो चामलको मुल्य गत मंगलवार १ सय ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
तथ्याङ्क अनुसार तराईको ताइचिन चिउराको मुल्य ७ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा ७० रुपैयाँ प्रतिकिलो रहेको उक्त चिउराको मुल्य मंगलवार ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
जिरा पाउडरको मुल्यमा ११ प्रतिशतले वृद्धि हुँदै ५ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । जेठ ३१ मा ४ सय ५० रुपैयाँ प्रतिकिलो रहेको जिरा पाउडरको मुल्य मंगलवार देखि ५ सय रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ ।
दशैं तिहारका बेला बजारमा अत्यधिक माग हुने चिनीको मुल्य ६ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ८० रुपैयाँका दरले रहेको चिनीको मुल्य पछिल्लो समय ८५ रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्यांक छ ।
सो अवधिमा गहुँको उपभोक्ता मुल्य ११ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१मा ४५ रुपैयाँ प्रतिकिलो रहेको गहुँ मंगलवारयता ५० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।
खुद्रा व्यवसायीहरुका अनुसार चाडपर्वका बेला बढीमात्रामा विक्री हुने मैदाको मुल्यमा २० प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा ५० रुपैयाँ प्रतिकिलोका दरले रहेको मैदाको मुल्य मंगलवारदेखि ६० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।
त्यस्तै आटाको मुल्य पनि ठुलो अन्तरले वृद्धि भएको छ । जेठ ३१ र साउन २१ गतेको तुलनामा आटाको मुल्य २२ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ४५ रुपैयाँका दरले रहेको आटा मंगलवार ५५ रुपैयाँ प्रतिकिलो पुगेको तथ्याङ्क छ ।
त्यस्तै सुजीको मुल्यमा ८ प्रतिशतले वृद्धि हुँदै ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअघि जेठ ३१ मा सुजीको मुल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो ।
तथ्याङ्क अनुसार घ्यु, भटमास, चना लगायतका केही दैनिक उपभोग्य वस्तुको मुल्यमा गिरावट समेत आएको छ । चिनी, आटा, चामल लगायतका दैनिक उपभोग्य वस्तु भन्दा तुलनात्मक रुपमा कम खपत हुने वस्तुहरुको मुल्यमा २५ प्रतिशतसम्म गिरावट आएको छ ।
केही वस्तुहरुको मुल्य यथावत् रहेको समेत तथ्याङ्कमा उल्लेख गरिएको छ ।
के भन्छन् व्यवसायी?
नेपाल खुद्रा व्यापार संघले बजार अस्त व्यस्त रहेका कारण कुन वस्तुको मुल्य के कारणले बढ्यो भनेर एकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ ।
संघका अध्यक्ष पवित्र बज्राचार्यले बजारमा अन्योलता रहेकाले एक आफुहरुको समस्या पहिचान गरी सरकारसँग छलफल गर्ने योजना संघको रहेको बताए । ‘मुल्य के कसरी बढ्यो, एकिन थाहा छैन । प्यान, भ्याट लगायतका कारणले पनि हुन सक्छ । यिनै कारणले बजार अन्योलमा छ’ उनले शुक्रवार लोकान्तरसँग भने, ‘आजै पनि असन बजार बन्द छ । अब अर्थ मन्त्रीसँगै बसेर छलफल गर्ने लगायतका कुराहरुमा संघको छलफल भएको छ ।’
चाडपर्व लक्षित अनुमगन गरिने
सरकारले चाडपर्वका बेलामा अस्वभाविक रुपमा मुल्य वृद्धि हुनेभएकाले बजार अनुमगनलाई तिब्र पारिने जानकारी दिएको छ ।
शुक्रवार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सातै प्रदेशका प्रतिनिधि र सबै महानगर तथा उपमहानगर प्रमुखहरुलाई बोलाएर छलफल गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले यस वर्ष चाडपर्वका बेला मुलुकमा सरकार रहेको अनुभुति हुनेगरी अनुमगन गर्न प्रदेश सरकार तथा स्थानीय सरकारलाई आग्रह गरे ।
व्यापारीहरुले मागको आधारमा मुल्य बढाइसकेको र त्यसको नियन्त्रण गर्न तीनै तहका सरकार मिलेर काम गर्नु पर्ने मन्त्री यादवले बताए । ‘चाडपर्व आयो कि भाउ बढाइ हाल्ने’ मन्त्री यादवले भने, ‘त्यसको कुनै कारण नै हुँदैन । माग बढ्यो कि बढाइ दिने, ।’
उनले तीन तहका सरकार मिलेर सहज आपुर्तिको व्यवस्था मिलाउनु पर्ने समेत बताए । ‘स्थानीय, प्रदेश र संघ सरकार मिलेर कसरी हुन्छ, जनतालाई कम्तीमा मुलुकमा सरकार भएको अनुभुति हुने गरी लागनु पर्छ’ उनले भने, ‘यो आदेश दियो भनेर नठान्नु । मेरो आग्रह हो, ।’
चाडपर्वमा व्यापारीले मुल्य बढाउन सक्ने भन्दै चाडपर्व लक्षित अनुगमन अभियानकै रुपमा गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...