×

NMB BANK
NIC ASIA

खेलकुद

स्नुकर खेलमा चम्केका रेगन : दर्शकदेखि च्याम्पियनसम्म

साउन २५, २०७६

NTC
Premier Steels

बुटवल – बजारका युवा पुस्ताले रूचाइएको खेल बनेको छ स्नुकर । रूपन्देहीमा पनि यसको लोकप्रियता बढ्दो छ ।

Muktinath Bank

युवाहरू भुल्ने/रमाउने अर्को विकल्पको रूपमा पनि लिइन थालिएको छ, स्नुकर एन्ड पुल हाउसलाई ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देही तथा यस आसपासका क्षेत्रहरूमा तिनै युवाहरू लक्षित १०/१५ वटासम्म स्नुकर तथा पुल हाउसहरू सञ्चालनमा आइसकेका छन । स्नुकर कुनै एउटा बन्द कोठाभित्र खेलिने खेल हो । 


Advertisment
Nabil box
Kumari

स्नुकर खेलप्रति बढ्दो लोकप्रियतासँगै धेरै खेलाडीले विभिन्न प्रतियोगिता उपाधिसमेत चुम्न सफल भएर च्याम्पिनसम्म भएका छन् । तिनै मध्येका एक हुन् बुटवलमा युवा रेगन श्रेष्ठ ।

Vianet communication

कुनै बेला उनी बुटवलमा बुटवल स्नुकर हाउसका दर्शक थिए । अरूले खेलेको हेर्थे । म पनि यस्तै खेल्न सक्छु की भन्ने मनमा विश्वास राख्थे । केही वर्षपछि उनी पनि स्नुकर खेल खेल्न थाले । खेल्दाखेल्दै जिल्लाको उत्कृष्ट खेलाडी हँुदै हाल स्नुकरमा राष्ट्रिय प्रतियोगितामा पनि उपाधि कब्जा जमाउँदै च्याम्पियन बन्न सफल भए उनी । 

बुटवल–४ अमरपथमा रेगन झण्डै १२/१४ वर्ष अगाडि उनको जीवन अर्कै थियो । उनी साथीभाइको समूह/समूहमा मिलेर बजार चहार्थे । मनोरञ्जनका लागि झण्डै ८/१० वर्ष अगाडिसम्म लागूपदार्थ सेवन गरेर पनि हिँडे । त्यो भन्न उनी हिच्किचाउँदैनन् । ‘त्यो बेलाको समय अर्कै थियो,’ रेगनले भन्छन्, ‘समयले त्यस्तै बनाएको थियो । स्कूल पढ्दादेखि नै लागूपदार्थ सेवन गरियो । जसले गर्दा आफ्नो करियर सोचे जसरी अगाडि बढ्न सकेन । अब त्यो विगत भइसक्यो । अहिले त मेरो पूरै ध्यान स्नुकर खेलप्रति केन्द्रित रहेको छ ।’

उनले आफू कुनै बेला जिरोमा रहेको र अहिले आएर खेलको माध्यमबाट सबैमाँझ परिचित हुन पाउन आफूलाई गौरव/खुसी लागेको बताउँछन् । 

हालसम्म उनले नेपाल तथा बाहिर सञ्चालन भएका दर्जनौं प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न सफल छन् । उनले हालसम्म पहिलो रंगशाला ओपन च्याम्पिनसिप, दोस्रो रंगशाला ओपन च्याप्यिनससिप हात पारे । पोखरा च्यापियनसिप, धरान चेल्सी अल नेपाल स्नुकर च्यापियनसिप, भारतको सिक्किम अल नेपाल ओपन च्यापियनसिप, साकुर अल नेपाल ओपन च्यापियनसिप, चामुन्ना अल नेपाल ओपन च्याप्पियनसिप हात पारिसकेका छन् ।

आउँदो सेप्टेम्बर पहिलो साता एसियन वर्ल्ड च्यापियनसिप प्रतियोगिता खेल्न उनी म्यानमार जाँदै छन् । ‘प्रतियोगितामा पनि च्यापियन भएर नेपाललाई खेलको माध्यमबाट विश्वसामु चिनाउन चाहन्छु,’ उनी भन्छन् । 

हाल उनी नेपाली स्नुकरको बादशाह हुन् भन्दा फरक पर्दैन । रूपन्देही पुल तथा स्नुकर सघंका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले रेगनले गर्दा हामी बुटवलबासीको नाम स्नुकरमा अगाडि आएको बताए । ‘नेपाल च्याम्पियन हुँदै गर्दा स्थानीय सघंसस्था र स्थानीय निकायले सम्मान गर्नुपर्ने हो तर खेलाडीलाई बेवास्ता गरिएको छ, जुन अत्यन्तै दुःखद कुरा हो,’ उनी भन्छन् । 

रेगन तिनै स्नुकर खेलाडी हुन्, जसले लगातार ३ पटकसम्म आफूलाई नेपाल च्याम्पियन बनाउन सफल रहे । पछिल्लो समय इन्डोर गेम स्नुरकतर्फ आकर्षण बढिरहँदा रेगन श्रेष्ठजस्ता खेलाडीले पाएको सफलताले सबैलाई होस्याएको छ । रेगन विगत ८ वर्षदेखि काठमाडौंमा बसिरहेका छन् ।

स्व. कृष्णमान श्रेष्ठ र शिला श्रेष्ठका कान्छा छोरा रेगनले स्नुकरको स्टिक समाप्त थालेको डेढ दशकभन्दा धेरै भइसकेको छ । यो बीचमा जिन्दगीका आरोह–अवरोहलाई छिचोल्दै उनले आफ्नो स्नुकर खेलप्रतिको लगावलाई अगाडि बढाइरहे ।

‘आज म स्नुकर खेलाडी भनेर चिनिएको छु,’ श्रेष्ठले भने, ‘नेपालभरकै उत्कृष्ट खेलाडी हुन पाएकोमा अत्यन्तै खुशी लागेको छ । हिजोका दिनमा हामीजस्ता खेलाडीलाई काम नपाएकाहरूले खेल्ने खेल भनेर सम्बोधन गरिन्थ्यो तर आज सबैको नजर स्नुकरमा परेको देख्दा खुशी लाग्छ ।’ अझ उनी दाइहरूको संगतबाटै यो खेलले आकर्षित गरेको बताउँछन् ।

सबै खेलाडीका आ–आफ्ना प्रेरणादायी र मनपर्ने खेलाडी हुन्छन् । त्यसमध्ये यी नेपाल च्याम्पियन श्रेष्ठलाई बेलायतका खेलाडी रोनिओ सेलेभान अत्यन्तै मन पर्छ । उनीबाट धेरै कुरा सिकेको बताउने रेगनले आफ्नो लगनशीलता र धैर्यता भएको खण्डमा जुनसुकै क्षेत्रमा पनी सफलता पाउने बताए । 

सेप्टेम्बरमा बंगलादेशको टूर्नामेन्टमा सहभागी हुने रेगन त्यसलगत्तै वर्ल्ड च्याम्पियनशिपमा सहभागी हुन म्यानमार जानेछन् । ‘एउटा खेलाडीको लागि यो ठूलो मौका हो,’ विलियर्ड पुल तथा स्नुकर सघंका केन्द्रीय अध्यक्ष सरोज मुल्मीले थपे, ‘उनीजस्ता प्रतिभावान खेलाडीलाई अगाडि बढाउन म लगायत हाम्रो संघ निरन्तर रुपमा अगाडि बढिरहेको छ । अब राज्यबाट पनि स्नुकर खेललाई प्रोत्साहन गर्नका लागि सहयोग चाहिन्छ ।’

खेलाडी रेगनलाई अझै अगाडि बढ्न उनको परिवार र साथीभाइको ठूलो हौसला रहेको छ । हाल उनले आफूले पनि प्रशिक्षण दिँदै अरुलाई पनि जानेको कुरा सिकाउँदै आएको बताउँछन् ।

पुलिस प्रशासनबाट पनि स्नुरकमा लागूपदार्थ खाने युवाको भीड हुन्छ भन्दै बेलाबेलामा कर्के नजर परिरहेको देखिन्छ तर अहिले विभिन्न संघहरूले आफ्नै आचारसंहिता बनाएर खेलाडीलाई अगाडि बढाउन प्रेरणा दिएका छन् । प्रहरीको कर्के नजर पनि फेरिँदै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x