×

NMB BANK
NIC ASIA

१० वर्ष बित्दा पनि खुलेन लोकमार्गको ट्र्याक

साउन ३०, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

भीमदत्तनगर – कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्करसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न विसं २०६६ मा महाकाली लोकमार्गको काम अगाडि बढाइएको थियो ।

Muktinath Bank

चार सय २५ किलोमिटर लम्बाइको उक्त लोकमार्ग निर्माण आर्थिक वर्ष २०७३/०७४ देखि शुरु गरिए पनि  कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार नै छैन । ट्रयाक खोल्ने क्रममा दार्चुला, बैतडी र डडेल्धुरासम्म केही प्रतिशत काम भएको छ तर कञ्चनपुरको ब्रह्मदेवमा तीन वर्षअघि १० किलोमिटर ट्रयाक खोल्ने सम्झौता भएकामा अहिलेसम्म काम शुरुभएकै छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“लोकमार्गमा पर्ने चारवटै जिल्लामा ट्रयाक खोल्न तीन वर्षअघि रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो ।” महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख अच्युत विलास पन्तले भने, “कञ्चनपुरको क्षेत्रमा पर्ने लोकमार्गमा वनको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन नआउँदा काम गर्न सकिएन ।” गत आर्थिक वर्षमा भने लक्ष्यभन्दा भौतिक प्रगति भने बढी भएको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विसं २०६६ देखि लोकमार्गको काम थालिए पनि विसं २०७२ सम्म खासै प्रगति भएको थिएन । पहाडी चट्टान फुटाउनका लागि विष्फोटक पदार्थको अभाव रहँदा पनि काम अघि बढाउन कठिन भएकोे उक्त आयोजनाका कर्मचारीको भनाइ थियो ।

Vianet communication

लोकमार्गको हालसम्म १५१ किलोमिटर लामो सडकका  लागि बोलपत्र आह्वान गरिए पनि  २७४ किलोमिटर लामो सडकका लागि भने बोलपत्र हुन नसकेको आयोजना प्रमुख पन्तले बताए । कूल रु एक अर्ब ३३ करोड लागत अनुमान गरिएको लोकमार्गको काम अगाडि बढाउन चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ३२ करोड विनियोजन भएको छ ।

“अघिल्लो आवमा रु ३१ करोड आएको थियो”, उनले भने, “ठूलो लागत भएको सो आयोजनालाई बेलैमा निकासा नहुँदा  पनि कामले तीव्रता लिन नसकेको हो ।”

कञ्चनपुरमा ट्रयाक खोल्नुपर्ने ठाउँमा चुरे पहाडका रुख पर्ने भएकाले ‘इआइए रिपोर्ट’ नआए सम्मका लागि पनि पर्खिनु परेको हो “ब्रह्मदेव क्षेत्रमा पनि चालू आर्थिक वर्षभित्रै ट्रयाक खोल्ने काम हुन्छ”, आयोजना प्रमुख पन्तले भने, “दार्चुला, वैतडी र डडेल्धुराका विभिन्न भागमा नयाँ ट्रयाक खोल्ने काम धमाधम हुँदैछ ।”

दुई लेनको उक्त लोकमार्गअन्तर्गत गत आर्थिक वर्षमा दार्चुलामा आठ किलोमिटर, बैतडीमा पाँच र डडेल्धुरामा १२ किलोमिटर ट्रयाक खोल्ने काम भएको थियो । 

“गत वर्ष दार्चुला–तिङ्कर जोड्ने २० किलोमिटर सडकमा नयाँ ट्रयाक खोेल्ने लक्ष्य राखिएको थियो”, उनले भने, “तर हामी २५ किलोमिटर नयाँ ट्रयाक खोल्न सफल भएका छौँ ।”

त्यस्तै गत वर्ष नै २५ किलोमिटर सडक चौडा गर्ने लक्ष्य लिएकामा ३८ किलोमिटर सडक चौडा भएको थियो ।

उक्त आयोजना अन्तर्गत हालसम्म डडेल्धुरामा ११, दार्चुलामा ५२ र वैतडीमा ६२ किमी ट्रयाक खोलिएको छ । लोकमार्गअन्तर्गत दार्चुलामा २१२, वैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किमी सडक निर्माण गर्नुपर्ने छ । हालसम्म खोलिएको १५१ किमी सडकको  ट्रयाकमा उक्त आयोजनाको रु ३३ करोड खर्च भइसकेको छ ।

निर्माणको जिम्मा पाएको लामा, चन्द्रा एण्ड वसन्ता जेभीले पनि कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको ‘इआइए रिपोर्ट’का कारण काममा ढिलाइ भएको जनाएको छ । चीनको सिमाना तिङ्करसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली लोकमार्गलाई विकास गरिने विषय बेलाबखत चर्चामा आउने गरे पनि सडक निर्माणको गति सन्तोषजनक नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले बताए ।

“छेउमा भारत र उत्तरमा चीनको नाकासित जोड्न सके सुदूरपश्चिमको आर्थिक समृद्धिको सेती महाकाली लोकमार्ग बन्न सक्छ”, उनले भने, “सुदूरपश्चिम प्रदेशकै विकाससित जोडिएको उक्त आयोजनाको काम चाँडो सक्न प्रदेश सरकारको पनि ध्यान जानुपर्छ ।”

लोकमार्गको विस्तारपछि तिङ्कर नाकालाई नेपाल, भारत र चीनको त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।“

तिङ्करलाई त्रिदेशीय नाकाका रुपमा बनाइने  राजनीतिक दलको एजेण्डाले दुई तिहाइको सरकार भएका बेला पूर्णता पाउनुपर्छ”, अध्यक्ष मल्लले भने, “लोकमार्ग चाँडो बनाउन निजी क्षेत्रको पनि लामो समयदेखिको माग छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x