×

NMB BANK
NIC ASIA

काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते

भदौ १, २०७६

NTC
फाइल फोटो
Premier Steels

काबुल-युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । 

Muktinath Bank

हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त बिस्फोट राजधानी काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त आक्रमणमा संलग्न नरहेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिका र तालिबान समूहबीच अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या कटौती गर्ने समेतको व्यापक सम्झौतामा सहमति नजिक पुगेकै समयमा काबुलमा यो भयानक आक्रमण भएको हो ।

Vianet communication

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको पुष्टी गर्नुरे  । राहिमीले घाइतेहरुमा अधिकांश महिला र बालबालिका रहेको पनि जानकारी दिए । 

अफगान समाजमा वैवाहिक कार्यक्रम भव्य रुपमा हुने गर्दछ । वरवधुको क्षमता बमोजिम सयौं र कहिलेकाहिँ हजारौं मानिस विवाह समारोहमा सहभागी हुने प्रचलन छ । विवाहमा सामान्यतया पुरुष र महिलाहरु अलगअलग ठाउँमा बसेर घण्टौं नाचगान र खानपिनमा बिताउँछन् ।

शनिबार रातिको यस आक्रमणमा भएको क्षति निकै कहालीलाग्दो थियो । समारोहस्थल रगतमा लतपतिएको, मानिसका क्षतविक्षत भएका शरीरका अंगहरु, च्यातिएका लत्ताकपडा, टोपी, चप्पल र खानेपानीका बोटल यत्रतत्र छरिएका थिए । 

यो वैवाहिक समारोह अफगानिस्तानका अल्पसंख्यक शिया समुदायको थियो। शिया समुदायमाथि सुन्नी बहुल अफगानिस्तानमा आक्रमण भइरहने गर्दछ, खासगरी इस्लामिक स्टेट समूहले शिया समुदायमाथि निर्मम आक्रमण गरेको देखिन्छ । काबुलमा पनि निकै सक्रिय इस्लामिक स्टेटले यस घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

विवाह समारोहमा सहभागी मोहम्मद फरहागले आफू बम बिस्फोट हुँदा महिलाहरु रहेको हलतर्फ भएकाले बाँचेको बताए । फरहागले एएफपीसँगको कुराकानीमा पुरुषहरु रहेको हलतर्फ बिस्फोट भएको र मानिसहरु चिच्याउँदै, रुँदै बाहिर हल बाहिर निस्केको बताए । 

घटना भएको झण्डै २० मिनेटसम्म पूरै हल धुँवाले भरिएको थियो, पुरुषहरु बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए, फरहागले भने । बिस्फोटको दुई घण्टापछि हलबाट शव निकाल्न थालिएको थियो । 

विद्रोही समूहले अफगान वैवाहिक समारोहमा आक्रमण गर्नेक्रम विगतदेखि नै हुँदै आएको छ । वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि विद्रोही समूहलाई आक्रमण गर्न सहज हुने गरेको छ । 

गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको एक वैवाहिक समारोहमा आक्रमण गर्दा कमत्ीमा ६ जना मारिएका थिए । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x