×

NMB BANK
NIC ASIA

सात वर्ष बित्दा पनि भेरीमा बनेन पुल, सडक डिभिजनद्वारा मोबिलाइजेसन पेश्की फिर्ता

भदौ ९, २०७६

NTC
Premier Steels

सुर्खेत- दुई छिमेकी जिल्ला अर्थात् कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशको सुर्खेत–बर्दिया जोड्ने ‘फास्टट्रयाक’मा पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ । हरिहरपुरमा रहेको भेरी नदीमा पुल नबन्दा छोटो दुरीमा यात्रा गर्न स्थानीयले पाएका छैनन् । हरिहरपुरमा रहेको भेरी नदीमाथि निर्माण गर्न लागिएको पक्की पुल नबन्दा स्थानीयले यात्रुहरू रत्न राजमार्ग (कोहल्पुर–सुर्खेत)को लामो यात्रा गर्न बाध्य छन् । 

Muktinath Bank

उत्तर–दक्षिण जोड्ने उद्देश्यले आव २०६४/६५ देखि तेलपानी–भेरीगाउँ–सुर्खेत सडक खण्डको सर्भे थालिए पनि ठेकेदारको लापरवाहीले ‘फास्टट्रयाक’ पूरा हुन नसकेको हो ।सडकको ट्र्याक खोल्ने काम पूरा भए पनि भेरी नदीमा पुल निर्माण थालिएको ७ वर्ष बितिसक्दासमेत अधुरै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसले गर्दा सुर्खेत–बर्दिया सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ । २०७१ को बाढीले पिल्लर बंग्याएको भन्दै ठेकेदार निर्माणबाट पन्छिन खोजेको स्थानीयवासीको आरोप छ ।


Advertisment
Nabil box
Kumari

छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीय बासिन्दाले सडक डिभिजनलाई दबाब दिँदै आएका छन् । पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ट्रक्सन प्रालि र डिभिजन सडक कार्यालय सुर्खेतबीच आव २०६८/६९ मा सम्झौता भएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ लागत रहेको योजना अन्तर्गत हालसम्म दुईवटा सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ ।

Vianet communication

कम्पनीले २०७२ पुस २९ गते सम्पन्न गर्ने कार्यादेश पाएको थियो । डिभिजन सडक कार्यालयले तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन गरेको भन्दै छिटो काम थाल्न ठेकेदारलाई ताकेता गर्दै आएको छ ।  

निर्माण कम्पनीले हालसम्म २ करोड बढी रुपैयाँ भुक्तानी लगिसकेको छ । सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किमि दूरीमा पर्छ । सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ । बर्दियातर्फको तेलपानी जोड्न झन्डै ६ किमि बाँकी छ ।

गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले देशैभरी बद्नाम बनेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुल निर्माण कार्य सुर्खेतमा समेत अलपत्र पारेको छ । कन्स्ट्रक्सनले सुर्खेतको भेरी नदीमाथि बन्न लागेको पुललाई समेत अछुतो छोडेन । उसले ठेक्का लिएको पुल विगत ७ वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीको लापरवाहीले सम्झौता अनुसार काम हुन नसक्दा पुल अलपत्र बनेको हो । 

पहाडको भु—बनोट अनुसार पुलहरूको डिजाइन स्टमिट नगरिँदा मोटरेबल पुलहरूको काम प्रभावित भएको छ । पुलको डिजाइन अनुसार काम गर्न ठेकदारहरूलाई गाह्रो भएपछि ढिलाइ भएको निर्माण पक्षको भनाइ छ ।

सम्झौता अनुसार पुलको जग बायाँ किनाराको खुल्ला फाउण्डेशन, दायाँ र खोलाबीचको वाल फाउन्डेशनमा निर्माण गर्नुपर्ने हो । तर निर्माण कम्पनीले सडक विभागमा बुझाएको विवरण अनुसार दायाँ किनारा र बीच भागको जग बसाउन समस्या भएको उल्लेख छ । पुल निर्माणमा देखिएको अवरोध हटाउन गोताखोर र ब्लाष्टिङ्ग गर्दा पनि नदीको जग बनाउने ठाउँमा लागेको ढुङ्गा फुटाउन नसकिएको निर्माण कम्पनीले बताएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले  पुल नबनाएको कारण ठेक्का तोड्नै लाग्दा केही बाधा आएको बताए । ‘हामीले लामो समयसम्म पुल नबनाएका कारण ठेक्का तोडने निष्कर्ष निकालेका थियौं,’उनले भने, ‘जसका आधारमा हामीले मोविलाइजेशन पेश्की एक करोड ७६ लाख ५० हजार रुपैंया बैंकबाट साउन ८ गते नै फिर्ता लगिसकेका छौं ।’ उनले ठेकेदारले ठेक्का नतोड्न र पेश्की रकम फिर्ता नलिन भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको बताए । ‘उहाँले उच्च अदालतमा मुद्धा दर्ता नगरेको भए हामीले ठेक्का तोडिसकेका हुने थियौं,’ उनले भने, ‘पेश्की रकमबारे अदालतले सकारात्मक आदेश दिएकाले फिर्ता लिएका हौं तर ठेक्काबारे अदालतले फैसला नगरिसकेका कारण हामीलाई सम्स्या भएको छ ।’ उनले सडक डिभिजन अन्तर्गत पर्ने भूरीगाउँ तेलपानी सडकको सबै ट्रयाक खोलिसकिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x