कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बुटवल– सिद्धार्थ राजमार्गअन्तरगत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै शुक्रबार बिहान दुई वटा गाडी पहिरोमा पुरिएका छन् ।
बुटवलबाट बाग्लुङको बरेङतर्फ जाँदै गरेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ५९३८ नम्बरको स्काेरपीओ कारलाई पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबा (हेडबक्क) नजिकै माथिबाट खसेको पहिरोमा परेका थिए ।
पहिरोमा परेर जीप चालक रुपन्देही तिलोत्तमाको मक्रहरका कमल परियारको घटनास्थलमै मृत्यु भएको छ भने जीपमा सवार ४ जना गम्भीर घाइते छन् बुटवलका नरेन्द्र हमाल र निमल शाही, गुल्मी पूर्तिघाटका प्रेम सुनार र रुपन्देही शंकरगरमा ललित मल्ल गम्भीर घाइते भएका छन् ।
उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी भीमलाल भट्टराई जानकारी दिए । स्काेरपीओमा सवार ३ जना सकुसल रहेका चालक स्कारपियो चालक दलबहादुर रानाले बताए ।
‘जिपमा माथिबाट पहिरो खसेपछि केही यात्रु भागेका देखिन्छन्, कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन’ डिएसपी मल्लले भने ।
पहिरोबाट बन्द रहेको सडक खुलाउने अन्तिम तयारी भइरहेको भट्टराईले जानकारी दिए । केही समय अगाडि पनि पहिरोमा मोटरसाइकल परिएको थियो ।
प्रत्येक वर्ष यहाँ पहिरोमा परी धेरै यात्रुहरुको अकालमै मृत्यु हुने गर्छ । यो सडकको विकल्प प्रदेश र संघीय सरकारले खोजे पनि अहिलेसम्म निकालेका छैनन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...