×

NMB BANK
NIC ASIA

दशैंमा सास्ती

दशैंमा घर जान सकस : सुर्खेतबाट छिमेकको दैलेख जान कालिकोट वा जुम्लासम्मको भाडा !

असोज १६, २०७६

NTC
Premier Steels

सुर्खेत – दशैं मनाउन गाउँ फर्किनेहरूको चाप सुर्खेतमा पनि निकै देखिन थालेको छ । रोजगारी तथा पेशा व्यवसायका क्रममा प्रदेश राजधानीमा रहेकाहरूसँगै देशका विभिन्न शहरबाट सुर्खेत हुँदै फर्किनेहरूको चाप देखिएको हो ।

Muktinath Bank

वीरेन्द्रनगरबाट आसपासका विभिन्न जिल्ला तथा सुर्खेतकै ग्रामीण क्षेत्रहरूमा जान टिकट पाउन पनि निकै मुस्किल परिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालिकोटको सान्नी त्रिवेणी घर भएका मनोज शाही बिहीवार घर फर्कन भन्दै बसपार्कमा आए । उनी आएको बेला सबै गाडीको सिट बूकिङ भइसकेको थियो, यतिसम्म कि मुडामा बसेर जान्छु भन्दा पनि पाएनन् ।


Advertisment
Nabil box
Kumari

‘म बिहान ९ बजे आएको थिएँ, तर गाडीमा सिट नै मिलेन, अब शुक्रबार फर्किन्छु । शुक्रवारका लागि टिकट बूक गरें,’ शाहीले भने ।

Vianet communication

सल्यानको कालिमाटी गाउँपालिकाकी रिता शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत छिन् । उनी पनि बिहीवार घर जान पाइनन् । ‘टिकटका लागि हिजो नै आउनुपर्ने रहेछ, १७ गते नजाने भनेपनि बाध्य भएर सोही दिन जानुपर्ने अवस्था सिर्जना भएको छ ।’ 

सवारी साधन कम भएका कारण समस्या भएको उनको दुखेसो छ । व्यवसायीहरूले भने छोटो दूरीका यात्रुलाई लिन मानिरहेका छैनन् ।

छोटो दूरीमा यात्रा गर्नुपर्दा समस्या भोग्नेमध्ये एक हुन्, आठबीस– ६ दैलेखका खगेन्द्र शाही ।

‘आठबीस नगरपालिकाको राकम कर्णाली जानुपर्ने थियो, तर टिकट काट्दा कालिकोटको जितेगडासम्मको नै काट्नुपर्ने भयो,’ उनले गुनासो गरे ।

गाडीको अन्तिम गन्तव्यसम्मको टिकट नकाटेमा जान पाइने अवस्था छैन । छोटो दूरीमा पनि पूरानै दररेटमा लैजानुपर्ने उनको माग छ ।

‘जुम्ला वा कालिकोटको भाडा तिरे मात्र जान पाइन्छ, यसलाई कसले नियन्त्रण गर्ला खोइ ?’ उनले भने, ‘जहाँ पनि मनपरीतन्त्र कायम गर्न खोजिएको छ । निर्दोष यात्रु ठगिन बाध्य भइरहेका छन् । सरकारले यस्तो गर्नेलाई कारवाही गर्नुपर्छ ।’

यता, देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनी भने कसैलाई नठगिएको दाबी गर्छन् । ‘गाडी अभाव हुनु ठिकै हो, हामीसँग भएका सबै गाडी बिहानै भरिन्छन्,’ उनले भने, ‘दैलेख–सुर्खेत रूटमा चल्ने गाडीलाई पनि कर्णाली राजमार्ग रूटमा चलाउन शुरू गरेका छौं ।’

कसैले यात्रुलाई ठगेको पाइए आफूलाई खबर गर्न उनको आग्रह छ ।

‘हामी सेवा दिन खोज्छौं, सेवा दिने क्रममा केही तलमाथि हुनसक्छ, तर त्यसरी ठगिएको भन्ने त मलाई लाग्दैन,’ उनले भने, ‘कोही कसैले त्यस्तो गरेको भए मलाई खबर गर्नुहोला, कारवाही गर्न तयार छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x