×

NMB BANK
NIC ASIA

भन्सार दर र नीति परिमार्जनका कारण भारतबाट खसीबाेका कम आयात

असोज २०, २०७६

NTC
Premier Steels

काठमाडौं -विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ । नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो ।

पशु सेवा विभागका अनुसार भारतबाट मात्रै वार्षिक रुपमा करीब चारदेखि पाँच लाख खसीबोका नेपाल भित्रिने अघिल्लो वर्षसम्मको तथ्याङ्क छ ।

तर यस वर्ष सो सङ्ख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको छ ।

यस वर्ष हालसम्म करिब २ लाख ३५ हजार खसीबोका भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ । जुन यो वर्षभरिको तथ्याङ्क हो ।

भारतबाट आयात हुने खसीबोकाको भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले बताए ।

नेपालमा वार्षिक एक करोड २० लाख खसीबोका र बाख्रा उत्पादन हुने गर्दछ । जसमध्ये करीब ५० प्रतिशतको हाराहारीमा खसीबोका उत्पादन हुने तथ्याङ्क रहेको कार्यालयले जनाएको छ ।

यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन् । सो क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले काठमाडाैँ, पोखरा लगायत नेपालका विभिन्न बजारमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ ।

स्वदेशी खसीबोका र च्याङ्ग्राले यस वर्ष राम्रो मूल्य पाएपछि किसानसमेत उत्साही भएको पशु सेवा विभागले जनाएको छ । जसले गर्दा अब खसीबोका उत्पादनमा नेपाली बजारसक्षम बन्न सक्ने विभागका सूचना अधिकारी डा ढकाल बताउँछन् ।

यस वर्ष दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरेर नेपालमा खसीबोका भित्रिने सङ्ख्या पनि निकै कम छ ।

दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरी खसीबोका भित्रिने क्रम अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम रहेको पशु सेवा विभागले जनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x