×

NMB BANK
NIC ASIA

बिरकोट गाउँको कला झल्कने तिहार गीत 'सोरठी नचरी'

असोज २५, २०७६

NTC
Premier Steels

बागलुङ – गलकोट नगरपालिका वडा नं ८ काँडेबास बिरकोट मगर समुदायको बसोबास भएको गाउँ हो ।

Muktinath Bank

दर्लामी मगर र सलामी मगरहरुको बाहुल्यता रहेको उक्त गाउँकला संस्कृतिको धनी ठाउँ हो । विशेष गरि महान चाड तिहारमा गाईने सोरठी देउसी भैलो त्यहाँको विशेषता रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय स्तरमा संस्कृति संरक्षण मञ्च नामक सामाजिक संस्थाले कला संस्कृतिको संरक्षण र जगेर्ना गर्दै जीवन्त राख्न प्रयत्नशिल छ । त्यस्तै बिरकोट मगर समाज र गैरी गाउँआमा समुह बिरकोटले त्यसमा सहकार्य गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

मञ्चले स्थानीय देउसी भैलो र सोरठीलाई संरक्षण गर्न गाउँमै सुटिङ युनिट ल्याएर नचरी भाग १, भाग २, भाग ३ हुँदै अहिले भाग ४ छायाङ्कन गरेको छ । गाउँकै कला संस्कृतिलाई झल्काउने गरि भिडियो तयार पारिएको छ ।

Vianet communication

भाग ३ सम्मका सबै गीती एल्वम सार्वजनिक भईसकेका छन् भने भाग ४ यो तिहार अगावै सार्वजनिक गर्ने तयारी भईरहेको छ । मगर समुदायमा यसै पनि कला संस्कृति र सभ्यतामा धनी मानिन्छ । कला गलाले भरिपुर्ण कलाकारहरु यो समुदायमा जन्मेका छन् ।

तिहारमा खेलिने देउसी भैलो सोरठीलाई डिजिटल प्रविधिको यो जमानामा सदैव जीवित राख्न र बुढापाकाले कला संस्कृतिलाई पछिल्लो पुस्तालाई पुस्ता हस्तान्तरण गर्न त्यस तर्फ आकर्षित गर्न आफुहरु प्रयासरत रहेको संस्कृति संरक्षण मञ्च कॉडेबासका पुर्व अध्यक्ष तथा सोरठी कलाकार डिल बहादुर बुढाथोकीले जानकारी दिए ।

रामायण, कृष्ण चरित्र, तिहारमा भाई टीकाको महत्व, दिदीभाईको सम्बन्ध, त्यस्तै १४ औं शताब्दीका पाल्पा बल्ड्याङगढीका लोकप्रिय राज बलि हाङको पाला देखि तिहारमा भाई टीका शुरूभएको किंवदन्ती रहेको मञ्चका सदस्य पदम सलामी मगरले जानकारी दिए ।

स्वर्गको यमराजले त्यी राजालाई लिन आउने र स्वर्गमा लाने कुरा प्रजाले थाहा पाएसँगै तिहारे औंशीमा त्यी राजाको सु–स्वास्थ्य, दीर्घायुको कामना गरेर चोखो निष्ट गरि बसेको अनि प्रजाको राजा प्रति देखाएको माया अनि व्यवहार देखेर पछि यमराजले राजालाई केहि गर्न नसकेको र पछि त्यहि खुसीयालीमा राजाले जनतालाई ३ दिन ३ रात दीपावली गरि मिठा परिकारहरु खाएर खुसीयाली मनाउन अनुरोध गरेको र त्यहि बेला देखि दीपावली मनाउन शुरू गरिएको जस्ता विषयवस्तु नचरी एल्वम अन्तरगत देउसी भैलो र सोरठी गीतमा समावेश गरिएको छ ।

त्यस्तै तिहारमा भाई टीका लगाउन भाई दिदीकोमा जाने क्रममा बाटोमा काली नागले बाटो छेकेर आज तँलाई म खान्छु खान्छु भनेको त्यसपश्चात भाईले नागलाई अनुरोध गरि अहिले मलाई नखाउ म मेरी दिदीको हातको टीका लगाएर आउँछु अनि खाउला भनि अनुरोध गरेपछि काली नागले छोडेको र भाई दिदीकोमा पुगेर टीका लगाउने क्रममा दिदीलाई कालीनागले गरेको गतिविधी बताएका र टीका थापिसकेपछि आशिवार्द दिने क्रममा दिदीले कालीनाग सात टुक्रा परोस भनि ओखर फोडेको, ७ रङ्गी टीका लगाई दिदीले भाईको सु–स्वास्थ्य, दीर्घायुको कामना गरेको र पछि फर्कदा नाग सात टुक्रा परेको र यहि खुसीयालीमा उनले तिहार मनाएको र त्यहि बेलाबाटै भाई टीका शुरू भएको कथा वस्तु गीत र नृत्य मार्फत भिडियोमा छायाङ्कन गरिएको छ ।

गीतमा लोकप्रिय कलाकार भुपेन्द्र सलामी मगर, तुल बहादुर सलामी मगर, डिल बहादुर बुढाथोकी लगायतको आवाज रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सम्वर्दनको निम्ति उक्त कार्यमा गलकोट नगरपालिकाले पनि सहकार्य गर्दै नगद रु १ लाख आर्थिक सहयोग गरेको नगर उप प्रमुख रेनुका काउचा मगरले बताईन । त्यस्तै ताराखोला गाउॅपालिकाले नगद रु २५ हजार र अन्य स्थानियबासी देश विदेशमा रहेका शुभेच्छुकहरुले समेत आर्थिक सहयोग गरेका छन् ।

छायाङकन कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगर, गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगर, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका ८ का वडा अध्यक्ष रामप्रसाद कॅडेल, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा, जनता टेलिभिजनका पत्रकार कौरव खत्री, सामुदायिक रेडियो गलकोटका कार्यक्रम संयोजक सरिता खत्री, देउसी भैलो सोरठी गायनका कलाकारहरु, कलाप्रेमी, समाजसेवीहरु, स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सोरठी नचरी भाग–४ गीत सार्वजनिक भएपछि युट्युवमा हेर्न सकिने संस्कृति संरक्षण मञ्चले जनाएको छ । थम्मन थापा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x