×

NMB BANK
NIC ASIA

ओलीको बोली

फरक परेको छ कि छैन बूढाबूढीलाई सोध्नुस्– प्रधानमन्त्री ओली

'नेपाल हल्लैहल्लाको देश भन्छन्, थियो, अब हल्लाको अर्थ छैन'

असोज २९, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भयो कि भएन भनेर बूढाबूढीलाई सोध्न आग्रह गरेका छन् ।

Muktinath Bank

दशैंतिहार, छठ तथा नेपाल संवतका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधवार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही भएन भनेर हल्ला चलाउनेहरूप्रति आक्रोश व्यक्त गर्ने क्रममा यस्तो भनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कसैले देशमा केही भएन भनेर हल्ला चलाएका छन्, केहीले केही भिन्नतै भएन भन्छन्,' नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, 'मैले भन्ने गरेको छु, सम्भ्रान्तलाई केही फरक परेको छैन । जसको घर छ, गाडी छ, छोराछोरी विदेशमा पढ्छन्, तिनीहरूलाई केही फरक परेको छैन ।'


Advertisment
Nabil box
Kumari

फरक परेको छ कि छैन भनेर बूढाबूढीलाई सोध्दा थाहा हुने जिकिर उनले गरे ।

Vianet communication

'बूढाबूढीलाई सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ! स्वास्थ्य बिमा छ, फरक परेको छ कि छैन ! हरेक नेपालीको बैंक खाता भनेका छौं, फरक परेको छ कि छैन ! हरेक नेपाली जलविद्युत्को शेयरधनी बन्ने परिस्थिति बनेको छ, फरक परेको छ कि छैन !' प्रधानमन्त्री ओलीले थपे ।

उनले 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई जनताले व्यवहारमै अनुभूत गर्ने गरी मूर्तरूप दिने अभियानमा सरकार रहेको दाबी गरे । 'विकासको बाटो समाउन चाहेका छौं, समातेका छौं, नयाँ गतिका साथ देशलाई अघि बढाएका छौं,' प्रधानमन्त्री ओलीले भने, 'हरेक नेपाली जनतालाई सुखी हुने हक छ, जनतालाई त्यो हक व्यवहारमै दिलाउने अभियानमा छौं ।'

उनले हल्लाको पछि नदौडिन अपिल समेत गरे । 'मानिसहरू नेपाललाई हल्लैहल्लाको देश भन्छन् नि, थियो, अब हल्लाको पनि अर्थ छैन, हल्लाको पछि नदौडिन अपिल गर्दछु,' प्रधानमन्त्री ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x