×

NMB BANK
NIC ASIA

खुला सीमाले नेपाली कापी उद्योग सङ्कटमा

कात्तिक २, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

बाँके–  बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् ।

Muktinath Bank

यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरु बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री हुन छाडेका छन् । यहाँका अधिकांश निजी विद्यालय, बिक्रेताले भारतबाटै भन्सार नतिरी कापी ल्याउने गरेको कारण यहाँका कापी उद्योग फस्टाउन नसकेको उद्योगीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

खुला सीमा र नियमनकारी निकायले नियमनमा चासो नदेखाउँदा स्थानीय कापी उद्योग फष्टाउन नसकेको इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक आशिषराज श्रेष्ठले बताए। उनले भने, 'नेपालगञ्जमा कापी, रजिष्ट्ररलगायतका स्टेशनरी मसलन्द उत्पादन र बिक्री वितरण गर्दै आएका छन् ।'

Vianet communication

खुला सिमाना भएकै कारण दिनदिनै ठूलो परिमाणमा रुपैडिहाबाट कापी भित्रिने गरेकाले यहाँको कापी उद्योग चलाउन समस्या भएको उनको भनाइ छ । गत एक दशकदेखि सनराइज कापी उद्योग सञ्चालन गर्दै आएका अर्का उद्योगी रामप्रसाद गौतमले भने, 'खुला सिमानाले सिर्जना गरेका बाधालाई राज्यले नियमन गरिदिने हो भने स्वदेशी उद्योग राम्रोसँग फष्टाउन सक्छ ।'

खुला सिमानाका कारण चोरी पैठारीबाट भएका कारोबारले यहाँको कापी उद्योग फष्टाउन नसकिरहेको सञ्चालक गौतम बताउँछन्। उनका अनुसार खुला सिमानाले सिर्जना गरेका बाधालाई राज्यले नियमन गरिदिने हो भने यहाँका उद्योग राम्रोसँग फष्टाउन सक्छन् । यहाँ अहिलेसम्म तीन वटा कापी उद्योगले उत्पादन गरिरहेका छन् । उद्योग खुल्ने क्रम बढेको छ । 

सञ्चालक गौतमले भने, 'नीतिगत समस्या छैन, तर व्यावहारिक समस्याले हाम्रो व्यवसाय चाहेजति फस्टाउन सकिरहेको छैन । भारतीय कम्पनीका कापीको नाम नै तोकेर विद्यालयले अभिभावकलाई खरीदका लागि दबाब दिँदै आएको खुलेको छ । निजी विद्यालयले एकाधिकार लगाएको गुनासो व्यवसायीको छ । यसबाट राजस्व पनि चुहावट भइरहेको छ ।
 
खुला सिमानाले समस्या पारे पनि नेपालगञ्जमा पछिल्लो समयमा कापी उद्योग थपिँदै गएका छन् । पहाडी जिल्लाबाट माग बढ्दै गएकाले पछिल्ला दिनमा विस्तारै कापी उद्योग फस्टाउन थालेको नेपालगञ्जका पुस्तक व्यवसायी राजु काफ्ले बताउँछन्। व्यवसायी काफ्लेले उपमहानगरपालिकाको भुजई गाउँमा रु पाँच करोडको लगानीमा नयाँ कापी उद्योग स्थापनाको तयारी गरेका छन् ।  

सङ्गम पेपर इन्डस्ट्रिज प्रालिका नामबाट उत्पादन हुने कापी यस क्षेत्रका प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खपत हुने व्यवसायी काफ्लेको भनाइ छ । करीब उक्त करोडको मेशिनबाट उत्पादन हुने कापी गुणस्तरीय हुने र उक्त उद्योेगमा २० जनाले सहजै रोजगारी पाउने उनले बताए। 

उद्योग स्थापनका लागि भौतिक संरचना निर्माणको प्रक्रिया एक वर्षभित्र शुरू हुने उनको भनाइ छ । व्यवसायी काफ्लेले भने, 'केही कापी उद्योग नयाँ पनि आइरहेका छन्, तुलनात्मक रुपमा उद्योग खुल्ने क्रम बढेको छ । भन्सार छलेर भइरहेको कारोवारलाई निरुत्साहित गर्न सके नेपाली कापी उद्योगले बजार ओगट्न सक्छन् ।'

दक्ष जनशक्तिमा नेपाली हुने हो भने राम्रो उत्पादन दिनुका साथै रोजगारीको सिर्जना पनि गर्न सकिने सञ्चालकको भनाइ छ । बजार सुनिश्चितता हुने हो भने लगानी बढाएर पनि काम गर्न सकिने उद्योगीको भनाइ छ । कच्चा पदार्थमा भारतसँग निर्भर हुँदा पनि भारतीय उत्पादनलाई चुनौती दिएर बजार विस्तार गर्न उद्योगसक्षम भइसकेको उनीहरुको दाबी छ । काशीराम शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x