×

NMB BANK
NIC ASIA

कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर : आयोग

कात्तिक ७, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपाली सैनिकले पक्राउ गरेपछि कुकुर लगाएर आफूमाथि बलात्कार गराएको भन्ने पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

Muktinath Bank

मानवअधिकार आयुक्त गोविन्द शर्मा पौडेलले यस किसिमको अपराध सोच्न पनि नसकिने उल्लेख गर्दै घटनाबारे अनुसन्धान हुनुपर्ने बताए । ‘यो जघन्य अपराध हो,’ उनले भने, ‘वर्षौंपछि बाहिर आएको भए पनि पीडितको भोगाइलाई पहिलेको कुरा भनेर बिर्सन मिल्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडितको उक्त खुलासाले सशस्त्र द्वन्द्वकालमा सेनाले युद्धबन्दीलाई यातना दिन पाशविक बलात्कारको प्रणालीबद्ध अभ्यास गर्थ्यो भन्ने सुराक मिलेकाले सत्यतथ्य पत्ता लगाउन जरुरी भएको पौडेलले बताए । ‘आयोगले यस सम्बन्धमा थप निर्णय छिट्टै गर्छ,’ उनले भने, ‘पीडितको बयानलाई राज्यले गम्भीरताका साथ लिएर खोजबिन गर्नुपर्छ । यस्ता घटना भएको पुष्टि भए संलग्न कसैलाई पनि छुट दिन मिल्दैन ।’


Advertisment
Nabil box
Kumari

पीडितको बयान पढ्दा आफूले आँसु थाम्न नसकेको पौडेलले बताए । ‘बुद्ध जन्मेको देशमा यस्तो घटना कसरी भयो होला भनेर म रोएँ,’ आयुक्त पौडेलले भने, ‘१८ वर्षकी ती युवतीलाई कुकुर लगाएर बलात्कार गराइएको हो त्यो अत्यन्त निन्दनीय छ ।’

Vianet communication

द्वन्द्वपीडित साझा चौतारीले सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनका घटनाबाट पीडित भएका मानिसको ‘सत्यको बयान’ लिने क्रममा सोमबार दाङको घोराहीमा ती युवतीले आफू २०५८ मंसिरमा सैनिकबाट पक्राउ परेपछि बर्दियाको जंगलछेउको खेतमा निर्वस्त्र पारेर दुई कुकुरबाट बलात्कार गराइएको बताएकी थिइन् । लाज, डर र संकोचले लामो समय मुख खोल्न नसकेको र पीडा असह्य हुँदै गएपछि गोपनीयता कायम राख्ने सर्तमा बोल्न तयार भएको ती युवतीले बताएकी छन् । अरू युवती पनि यस्तै सिकारमा परेको तर कसैले पनि मुख खोल्ने आँट नगरेको उल्लेख गर्दै उनले ‘नेपालका महिलामाथि के भएको थियो संसारले जानोस्’ भनेर आफूले भने मुख खोलेको बताएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x