×

NMB BANK
NIC ASIA

निर्मला पन्तकी आमाले गरिन् किटानी जाहेरीबारे सीडीओको ध्यानाकर्षण

मंसिर २, २०७६

NTC
Premier Steels

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको २ महिना बितिसक्दा समेत सुनवाइ हुन नसकेपछि सोमवार प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ध्यानाकर्षण गरिएको छ ।

Muktinath Bank

निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी वैद्यलाई भेटेर किटानी जाहेरी दिएको २ महिना बित्तिसक्दा समेत सुनवाइ हुन नसकेको भन्दै असन्तुष्टि पोखिन् ।


Advertisment
Nabil box
Kumari

‘छोरीको हत्या भएको लामो समय बितेको छ,’ उनले भनिन्, ‘हत्यारा पत्ता लाग्न सकेको छैन, किटानी जाहेरीमा उल्लेखित व्यक्तिसँगसमेत सोधपुछ गरिएको छैन, किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति दोषी हैन भने अर्को अपराधि को हो पत्ता लगाई दिनुपर्‍यो ।’ दिलिपले हत्यारा आफै भएको विभिन्न सञ्चारमाध्यममा भन्दै आउँदा समेत सोधपुछ नगरिएको उनले गुनासो गरिन् ।

Vianet communication

प्रमुख जिल्ला अधिकारी बैद्यले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताए । ‘किटानीबारे प्रमाण जुटाउने कार्य भइरहेको छ,’ उनले भने, ‘प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ ।’

झण्डै डेढ वर्षअघि घरबाट गुहकार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो । प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानबिनका लागि प्रक्रिया अगाडि बढाएपनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x