पैसा उठाउने नयाँ तरिका : 'तपाईं टेरीजस्तो नबन्नुहोस्, काम गराउने भए पैसा तिर्नुहोस्'

डर्बीसायर बोलसोवरको एउटा घरको भित्तामा लेखिएको सन्देशले यतिबेला चर्चा पाएको छ ।

तर उक्त सन्देश बिल्डिङ पेन्ट गर्ने व्यक्तिले रिसको झोकमा लेखेका थिए । घरवालाले रङ लगाएको पैसा नदिएका कारण आफूले भित्तामा सन्देश लेखेको उनले बताए । बारम्बार पैसा माग्दा पनि दिन आनाकानी गरेपछि आफूले उक्त कदम चालेको उनले बताए । उनी भन्छन्, 'सबक सिकाउन मैले घरको भित्तामा लेखेको हुँ ।'


Advertisement

डीन रीब्स नाम गरेका पेन्टरले घरको बाहिरी भित्तामा लेखेका छन्, 'यदि तपाईं आफनो घरमा रङ लगाउन चाहनुहुन्छ भन टेरी (घरवाला) जस्तो बिल्कुल नबन्नुहोस् । पैसा तिर्नुहोस् । अब जरुर पैसा दिनुहुनेछ ।'

डीनले भनेका छन्, 'मलाई टेरीले बिल्डिङ पेन्ट गर्ने काम दिँदा ५ सय पाउनड दिने भनिएको थियो । तर काम सकिएपछि कुनै न कुनै बहाना बनाएर मलाई पैसा दिइएन । मैले हप्ताको सातै दिन काम गरेँ । खाजा खाने ब्रेक पनि नलिई काम गरेको थिएँ ।'


Advertisement

'कुनै पछुतो छैन'

डीनले सम्झौतामा बिल्डिङको पछिल्लो भित्ता रंग्याउने कुरा थिएन । तर आफूलाई टेरीले त्यो काम पनि लगाएको उनले बताए । उनले भने, 'त्यसपछि मलाई लाग्यो कि यो मान्छेले मलाई पैसा दिँदैन । अनि मलाई लाग्यो कि यदि मलाई टेरीले काम गरेको पैसा दिँदैन भने उसले बेइज्जती पनि सहनुपर्छ ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्