×

NMB BANK
NIC ASIA

जनकपुर–जयनगर चल्ने रेलको निर्माण कार्य भारतमा धमाधम भइरहेको छ ।

Muktinath Bank

भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा बनेको जनकपुर–जयनगर रेलमार्गमा केही समयपछि नयाँ रेल गुड्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले जनकपुर–जयनगर गुड्ने रेल निर्माण गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

रेल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक मिश्रले लोकान्तरलाई जानकारी दिए ।

निर्माणाधीन रेलमा डीईएमयू प्रविधि प्रयोग गरिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

‘हामीकहाँ आउने रेल डिजेल इञ्जिनले सञ्चालन हुने प्रकृतिको बनाइएको छ । डिजेललाई विद्युत्मा रूपान्तरण गरेर मेसिन सञ्चालन हुने प्रविधि अर्थात् DEMU ( Diesel Electrified Multiple Unit) प्रयोग गरिएको छ,’ प्रवक्ता चित्रकारले भने ।

प्रवक्ता चित्रकारका अनुसार एउटा रेलमा पाँचवटा डिब्बा जडान गरिएको छ ।

‘अहिले कम्पनीले हाम्रा लागि २ सेट रेल निर्माण गरिरहेको  छ, चित्रकारले भने ‘एउटा सेटको निर्माण सम्पन्न भइसकेको छ, भने अर्को सेट छिट्टै निर्माण हुने अवस्थामा रहेको छ ।’ 

२ वटा रेल सेटको मूल्य ८५ करोड रहेको चित्रकारले बताए ।

रेलमा उभिएर र बसेर एक पटकमा १२ सयभन्दा बढी यात्रुले यात्रा गर्न सक्ने प्रवक्ता चित्रकारको भनाइ छ । 

कम्पनीले नेपालका लागि बनाएको रेलमा 1600 HP@ governer rpm इञ्जिन प्रयोग गरिएको छ । उक्त क्षमताको इञ्जिनले औसतमा प्रतिकिलोमिटर ३ लिटर डिजेल खपत गर्ने प्रवक्ता चित्रकार बताउँछन् ।

जनकपुर–जयनगर रेलमार्ग ब्रोड गेज लिगको स्तरमा निर्माण गरिएको छ । ब्रोड गेज लिगको मोटाइ १६ः७६ एम.एम. हुन्छ ।

भारतमा सञ्चालनमा आएका सबैजसो रेलमार्ग सोही स्टान्डर्डको भएका प्रवक्ता चित्रकारले बताए ।

दिल्लीमा सञ्चालनमा रहेको मेट्रो रेलभन्दा कम्पनीले नेपालका लागि निर्माण गरेको रेल आकर्षक र गुणस्तरीय रहेका विभागका लेखा प्रमुख सूर्यबहादुर भण्डारी बताउँछन् ।

‘रेलमा ५ वटा बक्समध्ये एउटामा एसी सुविधा रहेछ, सबै बक्समा ट्वाइलेटको सुविधा पनि राखिएको,’ भण्डारीले लोकान्तरसँग भने, ‘मैले दिल्लीमा चलेको मेट्रो रेल र भारतमा सञ्चालनमा रहेका अरू रेलभन्दा हाम्रा लागि बनाइएको रेल राम्रो र गुणस्तरीय भएको पाएँ ।’

यद्यपि रेल सञ्चालनका लागि नेपालमा आवश्यक जनशक्तिको अभाव रहेको प्रवक्ता चित्रकार बताउँछन् । 

रेल सञ्चालनसम्बन्धी कानूनको समेत अभाव रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x