×

NMB BANK
NIC ASIA

ओली सरकारसँग मुख्यमन्त्री पोखरेलको गुनासो : 'कानून नबन्दा काम गर्न कठिनाइ'

फागुन ३, २०७६

NTC
Premier Steels

प्रदेश ५ सरकारमा मुख्यमन्त्री शंकर पोखरेलले साझा सूचीका कानून नबन्दा प्रदेशलाई काम गर्न कठिनाइ भएको गुनासो गरेका छन् ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली नेतृत्वको सरकार रहेको संघलाई साझा सूचीका कानूनहरू निर्माणलाई प्राथामिकता दिन मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ५ दोस्रो स्थापना दिवसको अवसरमा शनिवार बुटवलमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘साझा सूचीका कानून संघले बनाएको छैन । हामी साझा सूचीका कानूनको पर्खाइमा छौं । आशा छ, यसै अधिवेशनबाट ती कानूनहरू बन्नेछन् ।’ 


Advertisment
Nabil box
Kumari

प्रदेश सरकार कानून निर्माण र बजेट परिचालनको दृष्टिले पहिलो भएको भएपनि साझा सूचीका कानून र केन्द्रका जिम्मेवारीका केही काम समयमा सम्पादन नहुँदा प्रदेशका कानून निर्माणमा कठिनाइ भएको बताए । मुख्यमन्त्रीले शून्य अवस्थाबाट अगाडि बढको प्रदेश २ वर्षको अवधिमा आइपुग्दा सन्तोषजनक अवस्था रहेको भएपनि अझै धेरै काम बाँकी रहेको बताए । पोखरेलले अझै पूरा गर्नुपर्ने दायित्व आफूहरूमाझ रहेकाले ती दायित्व पूरा गर्न थुपै्र जटिलता रहेको बताए । 

Vianet communication

मुख्यमन्त्रीले कर्मचारी समायोजनको विधिवत अन्त्य नभएको बताउँदै केन्द्र सरकारबाट ४ हजारको जनशक्ति स्वीकृत गरी काम अगाडि बढेको बताए । ‘कर्मचारी समायोजनको काम अझै बाँकी छ, हामीले आवश्यक जनशक्ति प्रदेश लोक सेवा आयोग गठन गरी नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएका छौं,’ मुख्यमन्त्री पोखरेलले भने ।

प्रदेशलाई प्रविधियुक्त बनाउने योजनामा प्रदेश सरकार रहेको बताउँदै सुशासनका दृष्टिले अब्बल प्रदेश बनाउने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको ढोका खोल्ने विश्वास व्यक्त गर्दै कपिलवस्तुमा नयाँ औद्योगिक क्षेत्र बनाउन सकिने सम्भावना देखिएको र प्रदेशमा थप ३ वटा औद्योगिक क्षेत्र बनाउने योजना प्रदेश सरकारको रहेको बताए । 

‘हामी औद्योगिक क्षेत्रहरूको विकास र विस्तार गर्ने काममा लागेका छौं । केन्द्र सरकारले जग्गा दिएमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार बनाउँछौं,’ मुख्यमन्त्री पोखरेलले भने । मुख्यमन्त्री पोखरेलले लुम्बिनी र लुम्बिनीसँग जोडिएका सम्पदाको विकासमा प्रदेश सरकार निरन्तर सक्रिय रहने बताए ।

कार्यक्रममा प्रदेश ५ बाट संविधान दिवसका अवसरमा घोषणा भएका ३५ जनालाई विभिन्न पदकद्वारा विभूषित गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x