अवकाश हुँदा विद्यालयलाई शिक्षकको उपचार– बनाइदिए १ कोठे पक्की भवन

प्रतिकात्मक तस्वीर

वालिङ–८ घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरूप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।

'मैले ३४ वर्ष आठ महिना अमिलिथुम आधारभूत विद्यालयमा अध्यापन गरें', पूर्वशिक्षक बगालेले भने, 'सेवाबाट अवकाश भएर जाँदै गर्दा विद्यालयमा केही चिनारी छोडौँ भन्ने मनमा भाव पलायो, त्यसैले भवन निर्माण गरेको हुँ ।'


Advertisement

आफूले अध्यापन गर्दाको समयमा विद्यालयमा भवनको अभाव भएको महसूस गरी विद्यालय प्रशासनसँग छलफल गरी सो भवन निर्माण गरेको पूर्वशिक्षक बगालेले बताए ।

उनले थपे, 'यसका लागत कति भो भनेर मैले यकिन गरेको छैन ।'


Advertisement

पूर्वशिक्षक बगालेले विद्यालयलाई भवन बनाई दिएर ठूलो सहयोग गरेको विद्यालयका प्रधानाध्यापक टीकाराम अर्यालले बताए ।

प्रअ अर्यालले भन्नुभयो, 'अहिले पठनपाठनमा सहज भएको छ ।'

विसं २०१७ मा स्थापना भएको सामुदायिक विद्यालय अमिलिथुम आधारभूत विद्यालयमा १ देखि ५ कक्षासम्म सञ्चालनमा छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्