×

NMB BANK
NIC ASIA

बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा प्रधान

फागुन १०, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा किसान प्रधान निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनले समितिको उपाध्यक्ष कर्णबहादुर श्रेष्ठ, सचिव वसन्त पौडेल, कोषाध्यक्ष फूलमति थापा र सदस्यमा सुरज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, हरिशचन्द्र भट्टराई, राजाराम प्रजापति, हितमान गुरुङ, अशोक गुरुङ र तेजेन्द्र बानियाँ चयन गरेको छ । 

Muktinath Bank

दुई साताअघि समितिको अधिवेशन भए पनि कार्यसमिति चयन हुन सकेको थिएन । सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य टुङ्गो लागेको हो । नवनिर्वाचित अध्यक्ष प्रधानले बन्दीपुरलाई देश तथा विदेशमा चिनाउने, पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई पर्यटनमैत्री बनाउने वातावरण सिर्जना गर्न सरोकारवालासँग सहकार्य गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दीपुर गाउँपालिकाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले सारेको योजनामा समितिले साथ दिने नवनिर्वाचित सचिव पौडेलले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

सात महिनाको आम्दानी रु नौ करोड

Vianet communication

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा करिब रु नौ करोड आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्ष ०७६/७७ को साउनदेखि माघ मसान्तसम्म कार्यालयले रु आठ करोड ९३ लाख ४५ हजार ४५० आन्तरिक आम्दानी गरेको हो ।

विभिन्न कर, घरजग्गा रजिष्ट्रेशन, दस्तुरलगायतबाट सात महिनाको अवधिमा उक्त आम्दानी भएको राजश्व शाखाका अधिकृत कृष्णराज घिमिरेले जानकारी दिए। नगरपालिकाले यस अवधिमा सम्पत्ति करबाट रु ६६ लाख तीन हजार ९१८, घरबहाल करबाट रु २८ लाख ६२ हजार तीन, मालपोत करबाट रु २७ लाख ७९ हजार ५६४, व्यवसाय करबाट रु १० लाख ८० हजार २०१, मनोरञ्जन करबाट रु ४३ हजार २६७, स्थानीय/वातावरण शुल्कबाट रु ९९ लाख २२ हजार ५३०, प्राकृतिक स्रोतसाधन उपयोगबाट रु तीन करोड १६ लाख छ हजार ४२५ आम्दानी भएको छ ।

त्यस्तै सवारी पार्किङबाट रु ११ लाख ८३ हजार १७५, सरसफाइबाट रु ३८ लाख २८ हजार ८५०, बस्ती विकास/प्लटिङ/प्राविधिक परामर्शबाट रु चार लाख ५० हजार ४४०, आय प्रमाणितबाट रु तीन लाख ११ हजार १४५, दर्ता र नवीकरणबाट रु नौ लाख ३६ हजार ५०५, घरनक्सा पासबाट रु ९४ लाख १४ हजार ६४, सिफारिसबाट रु ६९ लाख ८३ हजार ३१, नाता प्रमाणितबाट रु एक लाख ५५ हजार ७५ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी घरभाडाबाट रु ९४ लाख ७९ हजार ८८७, मेशिनरी उपरकरण भाडाबाट रु तीन लाख ७० हजार ४००, विविध फारमबाट रु सात लाख ९२ हजार २१९ र अन्य विविधबाट रु ७१ हजार ५१८ आन्तरिक आम्दानी भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा कूल रु १४ करोड ८५ लाख आन्तरिक आय गर्ने लक्ष्य राखेको थियो । केही दिन अगाडी सम्पन्न नगरपालिकाको ३२ औँ नगरसभाले आन्तरिक आयमा रु एक करोड २१ लाख ९६ हजार थप गरी आन्तरिक आम्दानी कूल रु १६ करोड छ लाख ९६ हजार संशोधन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

सात महिनाको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा थप आय हुने देखिएकाले आन्तरिक आम्दानी संशोधन गरिएको उनले जानकारी दिए।  नगरपालिकाले आन्तरिक आयमा मालपोत करतर्फ रु ५० लाख, घरबहाल करतर्फ रु आठ लाख, सवारी पार्किङतर्फ रु पाँच लाख ९० हजार, सरसफाईतर्फ रु १६ लाख, स्थानीय वातावरण शुल्कतर्फ रु एक करोड, सिफारिसतर्फ रु २५ लाख, घरभाडातर्फ रु दश लाख ७५ हजार साविकको भन्दा थप आय हुने अनुमान गरेको छ ।

 केही शीर्षकमा भने आन्तरिक आय घट्ने अनुमान नगरपालिकाको छ । सम्पत्ति करतर्फ रु ८० लाख, विविध फारमतर्फ रु नौ लाख, अन्य विविधतर्फ रु तीन लाख ८८ हजार, दण्ड जरिवानातर्फ रु आठ लाख बजेट घट्ने अनुमान गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x