घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

रुपन्देहीका अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् ।

जिल्लाको सम्मरीमायी गाउँपालिका–५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।


Advertisement

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधवार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । 

उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । 


Advertisement

बन्दीप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा बुधवार दिउँसो १ बजे यादव पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्