×

NMB BANK
NIC ASIA

मन्त्रीले नियुक्त गरे आफ्नै छोरालाई स्वकीय सचिव, शैक्षिक प्रमाणपत्रले रोकियो तलब

फागुन २२, २०७६

NTC
Premier Steels

शैक्षिक प्रमाणपत्र पेश नै नगरेरै प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायका छोरा दिनेश यादवको तलब रोक्का भएको छ ।

Muktinath Bank

छोरा दिनेशलाई मन्त्री रायले प्रमुख स्वकीय सचिवको रुपमा नियुक्त गरेका थिए । उनीसँगै मन्त्रीका अर्का सचिव मैयुद्दीन अन्सारीको पनि तलब रोक्का गरिएको मन्त्रालयका लेखा अधिकृत परशुराम मिश्रले पुष्टि गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिसम्म विना शैक्षिक प्रमाणपत्र नै मन्त्रीको सचिवालयका सदस्यलाई तलब खुवाउने गरिएको थियो तर महालेखा परीक्षकको कार्यालयले खुवाइएको पारिश्रमिक सबै बेरुजु ठहर गरिदिएको छ ।


Advertisment
Nabil box
Kumari

‘सचिवालयका सबै सदस्यको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्राचार गरेर निर्देशन दिइएको छ,’ लेखा अधिकृत मिश्रले लोकान्तरसँग भने, ‘हामीले सोही निर्देशनानुसार शैक्षिक प्रमाणपत्रको कागजात पेश गर्न उहाँहरूलाई अनुरोध गरेका थियौं ।’  तर मन्त्रीका छोरा दिनेश यादव र अर्का स्वकीय सचिव अन्सारीले हालसम्म शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेका कारण तलब रोक्का गरिएको उनले बताए ।

Vianet communication

२०७६ मंसिरदेखि तलब रोकिएको छ । ‘गत आर्थिक वर्ष २०७५/०७६ मा मन्त्री तथा राज्यमन्त्रीज्यूको सचिवालयका सदस्यहरूको पारिश्रमिक मुख्यमन्त्री कार्यालयबाट नै खुवाउने गरिएको थियो,’ मिश्रले भने, ‘चालू आर्थिक वर्षमा भने मन्त्रालयबाट नै तलब खुवाउने गरिएको थियो ।’

मन्त्री रायका छोरा दिनेशले २०७६ असोजदेखि मंसिरसम्म प्रमुख स्वकीय सचिवको हैसियतमा उपसचिवस्तरको मासिक ४० हजार ३८० रुपैयाँ पारिश्रमिक बुझेका छन् । यसअघिसम्म उनले अधिकृत स्तरको तलब मासिक ३५ हजार ९९० रुपैयाँ बुझेका छन् ।

दिनेशसँगै मन्त्री रायका अर्का स्वकीय सचिव मैयुद्दीन अन्सारीको पनि तलब मंसिर महिनादेखि रोकिएको छ । उनले पनि शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेका कारण तलब रोकिएको हो । उनले चालू आर्थिक वर्षको असोजदेखि मंसिरसम्म मासिक ३५ हजार ९९० रुपैयाँ बुझेका छन् ।

गत आर्थिक वर्षमा समेत तलब बुझेका केही सचिवालय सदस्यको पारिश्रमिक मुख्यमन्त्री कार्यालयले बेरुजु गरेका कारण सबैको कागजात एकसाथ जम्मा गर्ने भनेर ढिलाइ भएको मन्त्रीका छोरा दिनेश बताउँछन् । ‘यसअघिका स्वकीय सचिव सन्तोष प्रतिहस्तसहित केही साथीको समेत कागजात बुझाउन बाँकी छ,’ दिनेशले भने, ‘केही दिनभित्रै शैक्षिक प्रमाणपत्रको कागजात बुझाउने छु ।’

नेपालबाटै एसएलसी, त्रिभुवन विश्वविद्यालयको जनकपुरस्थित आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट आईए उत्तीर्ण गरेको उनले बताए । भारतको दिल्लीस्थित एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको उनले दाबी गरेपनि क्याम्पसको नाम भने उनले बताउन सकेनन् । उनले भने, ‘झूटो कुरा किन गर्नु ? मैले स्नातकोत्तर गरेको छैन ।’

तत्काल रकम बेरुजु भएपनि कस्तो बेरुजु हो भन्ने कुरा महालेखा परीक्षक कार्यालयको प्रतिवेदन आएपछि नै असूलउपर गर्ने वा नगर्ने भन्ने कुरा प्रस्ट हुने मन्त्रालयका लेखा अधिकृत मिश्रले बताए । शैक्षिक प्रमाणपत्र पेश गरेका अन्य सचिवालय सदस्यको पारिश्रमिक भने माघ महिनासम्मको निकासा भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x