×

NMB BANK
NIC ASIA

साविक उपविजेता त्रिभुवन आर्मी क्लब १८ औं आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्दै उपाधि दौड शुरू गरेको छ । 

Muktinath Bank

पोखरा रंगशालामा मंगलवार भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबको चुनौती ३–० को फराकिलो गोलअन्तरले पन्छाउँदै लिग उपविजेता समेत आर्मी अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्मीको जितका लागि सुदील राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोलको योगदान दिए ।


Advertisment
Nabil box
Kumari

५ जना राष्ट्रिय खेलाडीले सुसज्जित आर्मीले उच्च मनोबल साथ खेल प्रदर्शन गर्‍यो । विभागीय आर्मी आहारारा गोल्डकपमा ४ पटक फाइनल पुगेर पनि उपाधि वञ्चित छ । 

Vianet communication

पहिलो हाफमा सुदीलको गोलबाट अग्रता लिएको आर्मीले दोस्रो हाफमा २ गोल थप्दै जित सुनिश्चित गर्न सफल भयो । 

खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठको क्रस सदुपयोग गर्दै सुदीलले बललाई गोलपोस्टको दिशा दिएका हुन् । दोस्रो हाफको मध्यसम्म खेल बराबरी ल्याउने प्रयास गरे पनि संकटामाथि पुनः गोल थपिएपछि उसको लागि संकट देखापर्‍यो । 

निस्केको कर्नर बल ढुलमुल अवस्थामा राष्ट्रिय खेलाडी नवयुगले खेलको ७१ औं मिनेटमा गोल गर्दै गोलअन्तर दोब्बर पारे । 

सुदीलको स्थानमा मैदान छिरेका विवेक बस्नेतले खेलको ७५ औ मिनेटमा अर्को गोल थपे । डी–बक्स एरियामा रहेका विवेकले गरेको कडा प्रहार विपक्षी कीपर राजाबाबु थापाको हातबाट फ्लीक हुन पुगेको थियो । 

खेलमा म्यान अफ दी म्याच नवयुग श्रेष्ठ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाउन सफल भए । 

जीतपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफ सोचेजस्तो नभए पनि दोस्रो हाफमा सहज रुपमा गोल निस्कन सफल भएको प्रतिक्रिया दिए । 

यता, संकटाका प्रशिक्षक सल्यान खड्कीले आफ्नो मिसले पहिलो गोल हुनु नै दुर्भाग्य भएको बताए । उनले पाएका केही राम्रा अवसर सदुपयोग हुन नसक्दा पराजित हुनुपरेको स्वीकारे ।

सिधैं क्वाटरफाइनल खेलेको आर्मीले यो जितसँगै फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी  क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । मनाङले यसअघि झापा–११ लाई हराउँदै अन्तिम चारमा आफूलाई सुरक्षित पारिसकेको हो ।

यता, बुधबार हुने पहिलो सेमिफाइनल खेलमा डिफेण्डिङ् च्याम्पियन रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै विजयी यात्रा जारी राखेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x