×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्धको लडाईं

कोरोनाविरुद्ध रणनीति बनाउन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

चैत २, २०७६

NTC
Premier Steels

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड १९ को संक्रमणसँग जुध्ने तयारीका लागि सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौँ बोलाएको छ ।

Muktinath Bank

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा सबै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री सहभागी हुने रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरसको रोकथामबारे रणनीति बनाउन केन्द्र सरकारको आग्रहमा मुख्यमन्त्रीसहित काठमाडौं आएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालल लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न १ बजे बस्नेछ ।

Vianet communication

उपप्रधानमन्त्री पोखरेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक हुन् । बैठकमा अहिलेसम्म सरकारले गरेको पूर्व तयारी र आगामी दिनमा गर्नुपर्ने कामहरूका बारेमा चर्चा हुनेछ ।

त्यस्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि आफ्ना प्रदेशमा गरिएका पूर्वतयारीका बारेमा ब्रिफिङ दिनेछन् ।

विश्वका डेढ सय देशमा हालसम्म करीब डेढ लाख मानिसहरूमा कोभिड १९ को संक्रमण देखिएको छ भने आधाआधी बिरामी निको भएर फर्किसकेका छन् । अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ ।

चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको चिनियाँ स्वास्थ्य विभागले दाबी गरेको छ भने अहिले युरोपका कतिपय देश र अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।

छिमेकी देश भारतमै पनि पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढेको छ ।

नेपालमा माघको तेस्रो सातामा एकजनामा संक्रमण देखिएको थियो तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । करीब ५ सय जनाको परीक्षण गरिएको भएता पनि हालसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति भने निरन्तर बैठक बसेर नयाँ नयाँ रणनीति तय गर्न व्यस्त देखिएको छ । प्रत्येक दिन जसो बैठक बसेर केही न केही निर्णय गरिरहेको समन्वय समितिको अनुगमनको काम भने फितलो रहेको आरोप लाग्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x