×

NMB BANK
NIC ASIA

भगवान भरोसाको देश

त्रिभुवन विमानस्थल 'हेल्थ डेस्क'को बिजोग: आधा बोत्तल स्यानिटाइजर र केही थान 'थर्मल गन'को भर !

चैत २, २०७६

NTC
Premier Steels

विश्वका विभिन्न देशमा रहेका नेपाली र विदेशीहरू नेपाल आउँदा ज्वरो र स्वास्थ्य जाँचका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । 

Muktinath Bank

विदेशबाट नेपाल भित्रने जो कोहीले पनि हेल्थ डेस्कमा अनिवार्य रूपमा आफ्नो तापक्रम जाँच र ट्राभल पब्लिक डिटेक्सन फारम भर्नुपर्ने हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको संक्रमण फैलिएका देशहरूमध्ये चीनबाहेक अन्य देशबाट नेपाल भित्रिने एक मात्र नाका त्रिभुवन विमानस्थल हो ।


Advertisment
Nabil box
Kumari

चीनसँगका पनि स्थलगत नाकाहरू बन्द गरिएकाले विमानस्थल भएर नै आउनुपर्ने बाध्यता छ ।

Vianet communication

यस हिसाबले हेर्दा कोरोनाको सबैभन्दा ठूलो जोखिममा नेपालको कुनै ठाउँ छ भने त्यो त्रिभुवन विमानस्थल नै हो ।

तर, त्रिभुवन विमानस्थलमा पुग्दा कोरोनाविरुद्ध सतर्कताका लागि उच्च सावधानी अपनाएको पाइएन ।

आइतवार दिउँसो विमानस्थल पुग्दा त्यहाँ कार्यरत प्रहरी, अध्यागनका कर्मचारी, विमानस्थलका कर्मचारी, सुरक्षा गार्ड, विभिन्न एयरलाइन्सका कर्मचारी लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतजावत गर्ने धेरैजसोले मास्क नलगाएको पाइयो ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले सबै कर्मचारीले मास्क लगाएको र ट्वाइलेटमा समेत स्यानिटाइजर प्रयोग गरेको दाबी गरे पनि अवस्था बिलकुल फरक थियो ।

अधिकांश कर्मचारीले मास्क नलगाएको र संक्रमणबाट जोगिन सुरक्षा सतर्कता नअपनाएको पाइयो नि भन्ने प्रश्नमा प्रवक्ता कर्णले ‘सरकारले अनिवार्य मास्क लगाउन नभनेकाले आफूहरूले मास्क लगाउनुस् भनेर भन्न नसक्ने’ जवाफ दिए ।

सुरक्षा जाँचमा खटिएका एक प्रहरी कर्मचारीलाई हामीले सोध्यौं, ‘किन मास्क नलगाउनुभएको ?’

‘भर्खर यहीँ थियो सर’ भन्दै उनले यताउता मास्क खोजे, तर उनको साथमा मास्क थिएन ।

परबाट पनि हामीले केहीबेर नियालौं, उनले मास्क लगाएनन् ।

विमानस्थलमा यताउता गर्ने अधिकांश कर्मचारीले मास्क लगाएको देखिएन । 

नेपाल भित्रिने यात्रुलाई सुरक्षा जाँचका लागि राखिएको हेल्थ डेस्कमा आधा बोत्तल स्यानिटाइजर र ६/७ वटा ज्वरो नाप्ने 'थर्मल गन'बाहेक अन्य कुनै खालको उपकरण नभएको पाइयो । 

तर त्रिभुवन विमानस्थलका प्रवक्ता कर्णले भने कोरोना संक्रमणबाट जोगिन हरतरहको प्रयास गरिरहेको दाबी गरिरहे ।

विदेश जाने रोकिएनन्

विश्व नै कोरोनाबाट त्रस्त भइरहेका बेला एकाथरि युवा भने वैदेशिक रोजगारीका लागि विदेश जान लाइनमा थिए ।

रोजगारीका लागि मलेसिया जान लागेका रौतहटका लक्ष्मणलाल (नाम परिवर्तन) पनि विमानस्थलमा लाइनमा भेटिए ।

उनले मास्क त लगाएका थिए, तर कोरोनाबारे पर्याप्त जानकारी थिएन ।

यस्तो त्रास छ, किन विदेश जान लाग्नुभएको, छुट्टिमा आउनुभएको हो ? भन्ने प्रश्नमा उनले भने– ‘होइन, पहिलोपटक हो । खै के हो कोरोना भनेको ? दलालले केही हुँदैन भनेको छ ।’

उल्लेख्य मात्रामा घटे यात्रु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने र आउने यात्रुको संख्या भने उल्लेख्य मात्रामा घटेको छ ।

विमानस्थलबाट बाहिरिने र भित्रिने दुवैतर्फका यात्रु घटेको प्रवक्ता कर्णले जानकारी दिए ।

‘अघिल्लो वर्ष यो समयमा ७ हजारदेखि ८ हजार यात्रुको आवतजावत हुन्थ्यो, तर यो वर्ष भने ३ हजार ५ सयदेखि ४ हजारसम्म छ,’ प्रवक्ता कर्णले पत्रकार सम्मेलनमा भने ।

त्रिभुवन विमानस्थलमा आज जम्मा ३० वटा अन्तर्राष्ट्रिय उडान छन् । विभिन्न एरलाइन्सले उडान कटौती गरिरहेका छन् ।

ट्राञ्जिटका समेत गरी हिजोसम्म ४ वटा उडान गरिरहेको कतार एयरवेजले पनि आजबाट २ वटामा झारेको कतार एयरवेजका एक कर्मचारीले बताए ।

थाइ एयरवेजका कर्मचारीले पनि भोलिदेखि ८० प्रतिशत उडान कटौती हुन लागेको जानकारी दिए ।

भिडियो :

हेर्नुहोस्, थप फोटो :

फोटो/भिडियो : रोजन श्रेष्ठ, लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x