×

चिनियाँ कामदारमा भेटिएन कोरोना संक्रमण, विमानस्थलको काममा फर्किए

चैत ४, २०७६

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा कार्यरत चिनियाँ कामदार तथा कर्मचारी क्वारेन्टाइनपछि काममा फर्किएका छन् ।

गत फेब्रुअरीदेखि हालसम्म आएका १०७ जना चिनियाँ कामदार तथा कर्मचारी १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा बसेकोमा उनीहरूको स्वास्थ्य जाँचमा कुनै पनि संक्रमण नभेटिएपछि काममा फर्किएको विमानस्थल आयोजनाले जनाएको छ ।


Advertisment

विमानस्थल निर्माण आयोजना प्रमुख विनेशकुमार मुनंकर्मीले मंगलवार विज्ञप्ति जारी गर्दै स्वदेशमै १४ दिनको क्वारेन्टाइन बसी नेपाल आएकोमा कोरानाविरुद्ध उच्च सतर्कता अपनाउँदै काममा लगाउनुपूर्व पोखरा विमानस्थल परिसरमा पुनः क्वारेन्टाइनमा राखिएकोमा चिनियाँमा कुनै पनिसंक्रमण नभेटिएपछि काममा फर्किएको जनाउँदै जनमानसमा भएको भ्रमको कुनै पनि सत्यता नभएको स्पष्ट पारेका छन् ।


Advertisment

राष्ट्रिय गौरवको आयोजना सो विमानस्थलमा हाल नेपाली र चिनियाँ दुवै कामदार कार्यरत छन् । गत फेब्रुअरीपश्चात पहिलो चरणमा ३६ जना र दुई साताअघि मात्र ७१ जना कामदार तथा कर्मचारी यहाँ आएका थिए । उनीहरू स्वदेशमै १० दिनसम्म क्वारेन्टाइनमा बसेकोमा पोखरा विमानस्थलमा समेत काममा लाग्नुअघि १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । 

पोखरामा लामो समयसम्म क्वारेन्टाइन बस्नेहरु १८ दिनसम्म छोटो समय बस्नेहरू १० दिनसम्म बसेको निर्माण आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयले कम्तीमा ८ देखि १० दिनसम्म क्वारेन्टाइनमा राख्नू भनेकोमा विमानस्थल परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा राखी पटक पटक स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । सो अवधिमा पोखरास्थित स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कास्कीका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय कास्की लगायत निकायसँग निरन्तर रुपमा सम्पर्क रही उच्च सतर्कता अपनाइएको थियो । काममा फर्किएका कामदारसहित हाल चिनियाँ २ सय ७१ जना र नेपाली २ सय ६२ जना कार्यरत छन् । 

हाल आएका चिनियाँ कामदार तथा कर्मचारी चीनको सिन्चुआन प्रान्तका हुन् । सो प्रान्त कोरोना पहिलो पटक देखा परेको स्थान बुहानभन्दा झण्डै १२ सय किलोमिटर टाढा पर्छ । अधिकारीहरुका अनुसार सिन्चुआनमा हाल ५३९ जना कोरोनाबाट संक्रमित रहेकोमा ३ जनाको मृत्यु भएको, ३६ जना उपचारमा रहेको र ५०० जना निको भइ घर फर्किएको तथ्यांक छ ।

कोरोना भाइरसबाट संक्रमित बनेकाहरू पनि ठूलो संख्यामा निको भई घर फर्किएको र मृत्युदर निकै न्यून भएकोले सिन्धुआन प्रान्तका कामदार तथा कर्मचारी सुरक्षित छन् भन्ने हाम्रो विश्वासमा मेल खान आएको मुनंकर्मीले बताए । सिन्चुआन प्रान्तमा मात्रै ७ करोड जना मानिसको बसोबास छ ।

आगामी सन् २०२१ को जुलाईसम्म निर्माणसम्पन्न हुने मिति तय भएकोमा हाल विमानस्थलमा फिनिसिङ, सडक ढलान, कार पार्किङ स्थल निर्माण लगायत कार्य भइरहेको छ । विमानस्थलको ५५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । 

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x