२१ जेठ २०८३, बिहीबार

चिनियाँ कामदारमा भेटिएन कोरोना संक्रमण, विमानस्थलको काममा फर्किए

चैत ४, २०७६
चिनियाँ कामदारमा भेटिएन कोरोना संक्रमण, विमानस्थलको काममा फर्किए

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा कार्यरत चिनियाँ कामदार तथा कर्मचारी क्वारेन्टाइनपछि काममा फर्किएका छन् ।

गत फेब्रुअरीदेखि हालसम्म आएका १०७ जना चिनियाँ कामदार तथा कर्मचारी १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा बसेकोमा उनीहरूको स्वास्थ्य जाँचमा कुनै पनि संक्रमण नभेटिएपछि काममा फर्किएको विमानस्थल आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण आयोजना प्रमुख विनेशकुमार मुनंकर्मीले मंगलवार विज्ञप्ति जारी गर्दै स्वदेशमै १४ दिनको क्वारेन्टाइन बसी नेपाल आएकोमा कोरानाविरुद्ध उच्च सतर्कता अपनाउँदै काममा लगाउनुपूर्व पोखरा विमानस्थल परिसरमा पुनः क्वारेन्टाइनमा राखिएकोमा चिनियाँमा कुनै पनिसंक्रमण नभेटिएपछि काममा फर्किएको जनाउँदै जनमानसमा भएको भ्रमको कुनै पनि सत्यता नभएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय गौरवको आयोजना सो विमानस्थलमा हाल नेपाली र चिनियाँ दुवै कामदार कार्यरत छन् । गत फेब्रुअरीपश्चात पहिलो चरणमा ३६ जना र दुई साताअघि मात्र ७१ जना कामदार तथा कर्मचारी यहाँ आएका थिए । उनीहरू स्वदेशमै १० दिनसम्म क्वारेन्टाइनमा बसेकोमा पोखरा विमानस्थलमा समेत काममा लाग्नुअघि १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । 

पोखरामा लामो समयसम्म क्वारेन्टाइन बस्नेहरु १८ दिनसम्म छोटो समय बस्नेहरू १० दिनसम्म बसेको निर्माण आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयले कम्तीमा ८ देखि १० दिनसम्म क्वारेन्टाइनमा राख्नू भनेकोमा विमानस्थल परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा राखी पटक पटक स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । सो अवधिमा पोखरास्थित स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कास्कीका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय कास्की लगायत निकायसँग निरन्तर रुपमा सम्पर्क रही उच्च सतर्कता अपनाइएको थियो । काममा फर्किएका कामदारसहित हाल चिनियाँ २ सय ७१ जना र नेपाली २ सय ६२ जना कार्यरत छन् । 

हाल आएका चिनियाँ कामदार तथा कर्मचारी चीनको सिन्चुआन प्रान्तका हुन् । सो प्रान्त कोरोना पहिलो पटक देखा परेको स्थान बुहानभन्दा झण्डै १२ सय किलोमिटर टाढा पर्छ । अधिकारीहरुका अनुसार सिन्चुआनमा हाल ५३९ जना कोरोनाबाट संक्रमित रहेकोमा ३ जनाको मृत्यु भएको, ३६ जना उपचारमा रहेको र ५०० जना निको भइ घर फर्किएको तथ्यांक छ ।

कोरोना भाइरसबाट संक्रमित बनेकाहरू पनि ठूलो संख्यामा निको भई घर फर्किएको र मृत्युदर निकै न्यून भएकोले सिन्धुआन प्रान्तका कामदार तथा कर्मचारी सुरक्षित छन् भन्ने हाम्रो विश्वासमा मेल खान आएको मुनंकर्मीले बताए । सिन्चुआन प्रान्तमा मात्रै ७ करोड जना मानिसको बसोबास छ ।

आगामी सन् २०२१ को जुलाईसम्म निर्माणसम्पन्न हुने मिति तय भएकोमा हाल विमानस्थलमा फिनिसिङ, सडक ढलान, कार पार्किङ स्थल निर्माण लगायत कार्य भइरहेको छ । विमानस्थलको ५५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्