×

NMB BANK
NIC ASIA

कोरोना रोकथाम : प्रदेश सरकारले पठाएका गाडीलाई सीडीओले लगाए जिल्ला प्रवेश रोक

चैत १७, २०७६

NTC
फाइल फोटो
Premier Steels

कर्णाली प्रदेश सरकारको पहलमा गाडी रिजर्ब गरेर हुम्ला, जुम्ला, कालिकोट र मुगु पठाइएका ३ वटा बसहरू दैलेख जिल्ला प्रशासन कार्यालयले रानीमत्तामा रोकेर फिर्ता पठाइदिएको छ ।

Muktinath Bank

भारत तथा नेपालकै अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नुको सट्टा दैनिकजसो कर्णालीका विकट जिल्लामा पठाउने गरेको समाचार मिडियामा आएपश्चात दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राति नै ती गाडीलाई जिल्लाको सीमाभित्र नआउन निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी कार्यालय रानिमत्ताका असई चन्द्रलाल गिरीले १८२ जनाभन्दा बढीलाई जहाँबाट आएका हुन्, त्यहीँ फर्काएको बताए । ‘राति ३ बजे पनि केही गाडीहरू आएका थिए । अहिले बिहान ८ बजे पनि ३ वटा बस आएका छन् । बिहान ८ बजे प्रदेश सरकारको आदेशमा आएको भनेर उनीहरूले जवाफ दिएका थिए,’ उनले भने, ‘मैले दैलेख सीडीओ वा डीएसपीको मौखिक आदेश अथवा प्रदेश सरकारको लिखित आदेश ल्याउन भनेको थिएँ । लक–डाउनको अवस्थामा गाडी चलाउन पाइँदैन भनेर मैले रोकेको हुँ ।’


Advertisment
Nabil box
Kumari

उनले ४ वटा बस, एउटा मोटरसाइकल, १ हाइस सुर्खेततर्फ नै फर्काइदिएको बताए । 

Vianet communication

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कोरोनाका संक्रमण फैलने खतरा भएका कारण गाडीहरू रोकिएको बताए । ‘देश नै लक–डाउनको अवस्थामा छ । स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने भनेर लिखित कागज ल्याएको खण्डमा बाहेक अन्य अवस्थामा माथिका जिल्लामा नागरिकलाई पठाउन सकिँदैन,’ उनले भने, ‘त्यसैले मैले जति गाडी आउँछन् ती गाडीलाई उतै फर्काइदिनू भनेर निर्देशन दिएको छु । क्वारेन्टाइनमा बसालेर सरकारले पठाएको खण्डमा मात्रै अब गाडी माथि जान दिइन्छ ।’

प्रदेश सरकारले पठाएको गाडीलाई रोकेको र कोरोना त्रासबाट बचाएकाले सीडीओको कार्य प्रशंसनीय रहेको राकम कर्णालीका वीरबहादुर माझीले बताए । ‘जाँच नगरिएका नागरिकलाई जथाभावी पठाउँदा कोरोना कर्णालीभर फैलिन सक्ने खतरा हामीले देखेका थियौं,’ उनले भने, ‘सीडीओले रोकेर असाध्यै राम्रो काम गरे ।’

गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज वलीले प्रदेश सरकारले जथाभावी नागरिक पठाउँदा आफूहरूलाई तनाव भएको बताए । ‘कम्तिमा क्वारेन्टाइनमा राखेर नागरिक पठाउनुपर्ने अवस्था थियो तर सरकारले गाडीमा भरेर मान्छे पठाउन थाल्यो । म त उनीहरूको नजिक जान पनि डराएँ,’ लोकान्तरसँग उनले भने, ‘प्रदेश सरकारले कम्तिमा कोरोनाबारे सचेततापूर्वक ध्यान दिई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर मात्रै जिल्ला पठाउनुपर्नेमा लापरवाही गरेको मैले महसूस गरें ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x