×

NMB BANK
NIC ASIA

उल्लङ्घन रोक्न अनुमतिपत्रको व्यवस्था

चैत १९, २०७६

NTC
Premier Steels

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन भएपछि भक्तपुर नगरपालिकाले अनुमतिपत्र को प्रबन्ध गरेको छ । नगरपालिकाभित्र धेरै स्थानीयवासी बाक्लोरूपमा खुलेआम हिँड्न थालेपछि नगरका बासिन्दालाई लकडाउनमा राख्न नगरपालिकाले अनुमतिपत्र लागू गरेको हो ।

Muktinath Bank

लकडाउनको समयमा स्थानीय बासिन्दाले हिँडडुल गर्दा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान पाउने गरी अनुमतिपत्र लागू गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। तरकारी र खाद्यान्न पसलमा मानिसको भीड लाग्ने गरेको, बाहिर खुलमखुला हिँड्ने गरेपछि यसलाई रोक्न एक घर एक पासको व्यवस्था गरेको हो । नगरपालिकाले नगरवासीका लागि सम्बन्धित वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको छ ।
 
एक घरबाट एक जना मात्र बाहिर निस्कन पाउने गरी वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको हो । अनुमतिपत्र लिएर एक घरबाट एकपटकमा एकजना मात्र बाहिर निस्कन पाइने छ भने परिचयपत्र बोकेर अनावश्यकरूपमा हिँडेको पाइए कारवाही गरिने प्रजापतिले बताए। मन्दिर, मस्जिद, चर्च, पाटीलगायत धार्मिकस्थलमा पूजाप्रार्थना गर्ने वा मर्निङवाक, योग र शारीरिक व्यायामको नाममा असुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्न नगरपालिकाले रोक लगाएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले जानकारी दिए।
 
नगरपालिकाले आजदेखि दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूलसडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने गर्दै निश्चित क्षेत्र तोकेको छ । नगरपालिकाले तोकेको भन्दा अन्यत्र तरकारी बजार राख्नसमेत निषेध गरेको छ भने तरकारी र खाद्यान्न पसलमा एक मिटरको दूरी राखेर कारोवार गर्नुपर्ने नियमलाई कडाइ गर्ने भएको छ ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x