कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
कोरोना भाइरसको संक्रमण सम्बन्धि परीक्षण गर्नका लागि प्रदेश २ मा हाल सम्म कुल ७३ जनाको नमुना संकलन गरिएको छ ।
प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेका अनुसार चैत्र २१ गते सम्ममा कुल ७३ जनाको स्वाब संकलन गरिएकोमा २३ जनाको रिजल्ट नेगेटिभ आएको छ ।
‘प्रदेशका आठ वटै जिल्ला अन्तर्गत रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बाट कुल ७३ जनाको स्वाब संकलन गरिएको छ,’ सचिव घिमिरेले भने, ‘त्यस मध्ये २३ वटा को परिणाम आएको छ, २३ वटै नेगेटिभ पाइएको छ ।’ काठमाडौं स्थित राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको ती सबै परीक्षण मध्ये ५० वटा नमुनाको परिणाम आउन बाँकी नै रहेको उनले बताए ।
प्रदेश २ मा हाल सम्म कुल १ सय २७ वटा क्वारेन्टाइन संचालन गरिएको छ । १२७ क्वारेन्टाइनमा कुल २ हजार ५ सय १ बेड क्षमताको ब्यबस्थापन मिलाइएकोमा अहिले सम्म कुल ७ सय ७१ जना क्वारेन्टाइनमा रहेको घिमिरे बताउँछन् ।
‘त्यसका अतिरिक्त क्वारेन्टाइनमा आएर सम्पर्क गरेर होम क्वारेन्टाइनमा नै बस्ने गरी कुल ९ सय २५ जना घर फर्किएका छन्,’ सचिव घिमिरेले भने, ‘उनीहरुलाई सेल्फ होम क्वारेन्टाइनमा नै बस्न भनिएको छ ।’
प्रदेश २ मा अहिले सम्म कुल ८१ बेड सहितको आइसोलेसन सेन्टर संचालन गरिएकोमा कुल १४ जना मानिस अहिले आइसोलेसन सेन्टरमा भर्ना भएर उपचार गराइरहेको उनले बताए ।
प्रदेश २ मा नै अब कोरोना भाइरस सम्बन्धी परीक्षण गर्नका लागि प्रादेशिक अस्पताल जनकपुरमा संचालनमा आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा शुक्रवार कुल ४ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको छ । उनीहरुको परीक्षण परिणाम शनिवार २ बजे सम्म आउने उनले बताए ।
प्रदेश भरीमा आइसोलेसन सेन्टर बढाउनका लागि बिभिन्न बिद्यालय, भेन्टिलेटर तथा आइसीयु सहितको व्यस्थापन भएको निजि अस्पतालहरुलाई समेत ब्याक अप प्लानका रुपमा तयारी प्रदेश सरकारले अगाडी बढाएको उनले बताए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...