×

NMB BANK
NIC ASIA

यसरी फुत्कायो ओम्‍नीले मेडिकल सामग्री खरिदको ठेक्का

चैत २३, २०७६

NTC
Premier Steels

‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि)। कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे।

Muktinath Bank

सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज ग¥यो। संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए। उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे।


Advertisment
Nabil box
Kumari

शर्मा शैक्षिक व्यापारी हुन्। उनले लामो समयदेखि काठमाडांैमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन्। त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आपूmलाई प्रधानमन्त्रीनिटक भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले। उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ।

Vianet communication

ओम्नीले ठेक्कापट्टाको काम गर्दै आएको थियो। उक्त कम्पनीले स्वास्थ्य सामग्रीसम्बन्धी बिचौलियाको काम भने कहिल्यै गरेको थिएन। त्यही भएर सिंहलगायतको टोलीले स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्दै आएका व्यापारी विशाल पण्डितको सहयोग लिए। पण्डित र केही चिकित्सक बसेर सूची बनाए। त्यही आधारमा ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्यायो। खरिद प्रक्रियाबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।

सामान्य आर्थिक अवस्थामा रहेका सिंहले सरकारी ठेक्कापट्टाबाटै आफ्नो आर्थिक हैसियत बदले। सरकारी ठेक्कापट्टाबाटै सिंहले केही सरकारी कर्मचारीको आर्थिक हैसियतसमेत बदलिदिएको उनी निकटवर्ती बताउँछन््। प्रत्येक दलका प्रभावशाली नेता र उपल्लो तहका सरकारी कर्मचारीसँग सिंहको बलियो सम्बन्ध छ।

उनी शक्तिशाली नेता र सरकारी कर्मचारीलाई मुठ्ठीमा राख्नुपर्छ भन्ने मान्यता राख्छन्। नेता र कर्मचारीलाई मुठ्ठीमा राख्ने उनको उपाय भनेको आर्थिक सहयोग नै हो भन्छन् सिंहलाई चिन्नेहरू। मुख्यसचिव लोकदर्शन रेग्मीसँग सिंह असाध्यै निकट छन्। गृहसचिव रहँदा रेग्मी र सिंहको सम्बन्ध बाक्लिएको स्रोतले बताएको छ।

रेग्मीले आफू गृहसचिव रहँदा गृह मन्त्रालय र मातहतका कार्यालयको सूचना–प्रविधिबारे हुने कतिपय छलफलमा सिंहलाई बोलाउने गरेका थिए। तत्कालीन गृहसचिव रेग्मीले सिंहलाई काम दिन मन्त्रालयका सहसचिवहरूलाई दबाब दिने गरेको गृहका एक अधिकारी बताउँछन्।

तत्कालीन गृहसचिव रेग्मीले अध्यागमन विभागको स्तरोन्नतिसम्बन्धी छलफलमा पनि सिंहलाई राखेको गृह स्रोतले बताएको छ। गृहबाट बाक्लिएको सम्बन्धका कारण मुख्यसचिव रेग्मीले अहिले सिंहका काममा बाधा पु¥याउँदैनन्। पृष्ठभूमिमा बसेर मुख्यसचिव रेग्मीले सिंहका कतिपय कामलाई सहजीकरण गरिरहेको स्रोतले बतायो। मुख्यसचिव रेग्मीसँग आफ्नो राम्रो उठबस भएको भन्दै सिंहले निकटवर्तीसँग धक्कु लगाउने गर्छन्।

कतिपय सरकारी अड्डामा सिंहले मुख्यसचिव रेग्मीको नाम लिएर कर्मचारी तर्साउने गरेका छन्। निर्वाचन आयोगको काम गर्दा सिंहले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलमार्फत काम गराएको स्रोतले जानकारी दिएको छ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मासँग पनि सिंहको बलियो सम्बन्ध थियो। उनले ०७४ को निर्वाचनमा ओम्नीमार्फत निर्वाचन आयोगलाई आवश्यक सामग्री उपलब्ध गराएका थिए। कार्यकक्षमा जति चिप्लो घसे पनि बाहिर निस्किएपछि उनी नेता र सरकारी कर्मचारीलाई तल्लो स्तरबाट गाली गर्छन्। आफ्नो काम भए तिनै नेता र कर्मचारीको गुणगान गाउने सिंहले काम नभए नेता र कर्मचारीलाई ‘घुस्याहा’को संज्ञा दिने गरेको स्रोत बताउँछ।

प्रधानमन्त्री केपी ओलीसँग पारिवारिक साइनो लगाएर सम्बन्ध बाक्लो बनाएका शैक्षिक व्यापारी युवराज शर्मा ओम्नीसँग जोडिन पुगे। शर्माकै बलमा सिंहले चीनबाट स्वास्थ्य सामग्री ल्याउने हिम्मत गरे। ललितपुरको सानेपामा बस्ने एक व्यक्तिले शर्मालाई ओम्नीका अध्यक्ष सिंहसँग चिनजान गराइदिए। सिंहसँग चिनजान गराउने व्यक्ति शर्माका नातेदार रहेको पाइएको छ। त्यही साइनोका कारण शर्मा ओम्नीका अध्यक्ष सिंहसँग नजिकिए। ओम्नीको कागजपत्रमा शर्माको नाम कतै देखिँदैन। स्रोत भन्छ, ‘शर्माले काम मिलाइदिएबापतको कमिसन लिने हो। शर्मा बिचौलियाको काम गर्छन्।’

प्रधानमन्त्री ओलीसँगको बाक्लो सम्बन्ध देखाई शर्माले प्रधानमन्त्री सचिवालयका व्यक्तिलाई पनि प्रभावमा पारे। उनले उपप्रधानमन्त्री पोखरेललाई पनि प्रभावमा पारी ओम्नीलाई चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम मिलाइदिए। शर्मा यस्तो पात्र देखिए, जसले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रधानमन्त्री सचिवालयका अधिकारीलाई प्रभावमा पार्न सफल भए।

उनले प्रधानमन्त्रीलाई देखाउँदै व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारी संयन्त्रलाई कमिसनको लोभ देखाएर घुमाइदिए। तत्काल ल्याउनुपर्ने भएर होइन, बडो सावधानीसाथ पूर्वयोजनाअनुसार उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र प्रधानमन्त्रीका सचिवालयका केही सदस्यको मिलेमतोमा ओम्नीलाई चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने अख्तियार दिइएको थियो।

शर्माकै पहलमा चीनबाट १ हजार थान नमुना किट ल्याएर उपप्रधान एवं रक्षामन्त्री पोखरेलमाथि कोरोना भाइरसको परीक्षण गरिएको स्रोतले बताएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x