×

NMB BANK
NIC ASIA

नेपालमा जम्मा २१ सय २२ को परीक्षण : कोरोना जाँच गर्ने २४ पिसिआर मेसिन प्रयोगविहीन

चैत २६, २०७६

NTC
Premier Steels

वीर, पाटन र ठिमीको अस्पतालमा मात्र होइन, त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रमा भएका पिसिआर मेसिनले एकैपटक ९७ नमुना परीक्षण गर्छन्, तर सरकारले तिनलाई प्रयोग गर्न सकेको छैन, चीनबाट ल्याइएका मेसिनले भने एकपटकमा १५ नमुना मात्र परीक्षण गर्छन्

Muktinath Bank

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएकोजस्तै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन देशभर २९ छन् । तर, पाँचवटा मात्रै सञ्चालनमा छन् । कोरोना संक्रमण बढ्दै जाँदा पनि सरकारले बाँकी २४ मेसिन प्रयोगमा ल्याउन चासो देखाएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक प्रा.डा. गिरिराज त्रिपाठीका अनुसार सरकारी र गैरसरकारी निकायमा रहेका ती मेसिन प्रयोगमा ल्याउन सके दैनिक पाँच हजारभन्दा बढीको कोरोना परीक्षण गर्न सकिन्छ । एउटा मेसिनले एक लटमा ९७ वटा नमुना परीक्षण गर्न सकिन्छ । जब कि चीनबाट हालै ल्याइएका पोर्टेबल पिसिआर मेसिनले एकपटकमा १५ वटा नमुना मात्रै परीक्षण गर्न मिल्छ । 


Advertisment
Nabil box
Kumari

‘हामीसँग कोरोना जाँच गर्न सक्ने प्रविधि मात्रै होइन, प्राविधिक पनि पर्याप्त छन्,’ त्रिपाठीले भने, ‘समन्वय नहुँदा परीक्षणमा समस्या भएको मात्रै हो ।’ पोर्टेबल मेसिनको भन्दा यी मेसिनको प्रभावकारिता पनि कैयौँ गुणा राम्रो रहेको उनले बताए ।

Vianet communication

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मात्रै तीनवटा पिसिआर मेसिन प्रयोगविहीन अवस्थामा छन् । ‘हामीले पहिलेदेखि नै कोरोना परीक्षण गर्ने अत्याधुनिक मेसिन छ भन्दै आएका हौँ, तर अहिलेसम्म पनि ती मेसिन प्रयोगमा ल्याइएका छैनन्,’ प्रयोगशालाका प्रमुख डा. टिकरदेव भट्टले भने ।

त्यस्तै, वीर अस्पताल, पाटन अस्पताल, लेलेको आनन्दवन अस्पताल, भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा पनि यस्ता मेसिन छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका केन्द्रीय माइक्रोलोजी विभाग, केन्द्रीय बायोटेक्नोलोजी विभाग र ल्याबोरोटोरी अफ द एग्रो एन्ड बायोमेट्रिक रिसर्च सेन्टर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा एक–एक मेसिन छन् । नयाँ बजारस्थित नेसनल कलेज, वाल्टर रिड एएफआरआइएमएस रिसर्च युनिट नेपाल, फरेन्सिक ल्याब खुमलटार, रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजी, सिनामंगलस्थित डिकोट जेनोमिक एन्ड रिसर्च सेन्टरमा मेसिन छन् ।

त्यस्तै, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र पुल्चोक, सेन्टर भेटेनरी ल्याब्रोटरी टेकु, राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, नयाँ बानेश्वरस्थित नेसनल रिफ्रेन्स ल्याब्रोटरी, नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल खुमलटार, काठमाडौं सेन्टर फर जेनोमिक्स एन्ड रिसर्च ग्वार्को, सेन्टर फर मोलिकुलर डाइनामिक नेपाल (सिएमडिएन) र सेन्टर डाइग्नोस्टिक रिसर्च लेब्रोटरी कमलपोखरीमा भएका पिसिआर मेसिन पनि प्रयोगविहीन छन् ।

संक्रमण बढ्दै जाँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र माग धान्न नसक्ने भन्दै सरकारले अघिल्लो शनिबार चीनबाट पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको छ । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)मार्फत खरिद गरिएका ती मेसिनबाट पोखरा, बुटवल, सुर्खेत, धनगढी र जनकपुरमा पनि परीक्षण सुरु गरिएको छ । 

यीसहित अहिले देशका १० ठाउँबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, कृषि तथा वन विश्वविद्यालय भरतपुर र कीटजन्य रोग नियन्त्रण केन्द्र, हेटौँडामा पिएसआर मेसिनबाट कोरोना परीक्षण भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना परीक्षणको दर बढ्दै गएकाले थन्किएका पिसिआर मेसिन पनि प्रयोगमा ल्याउने तयारी भएको बताए । ‘यो वेला समन्वय गरेर सबै मेसिन प्रयोगमा ल्याउनुपर्छ । क्रमशः नमुना संकलनको दर बढ्दै गएको छ । आवश्यक परीक्षणका लागि चाहिने रिएजेन्ट ल्याएर थन्किएका पिसिआर मेसिन पनि चलाउनुपर्छ,’ उनले भने ।

प्रा.डा. त्रिपाठीका अनुसार विश्वमा रियलटाइम पिसिआर मेसिन बनाउने तीन कम्पनी लाइकटेक, बायो र्‍याड र कायोजिन हुन् । नेपालमा भएका अधिकांश मेसिन बायो र्‍याड कम्पनीले बनाएका हुन् । यी प्रत्येक मेसिनलाई अहिले करिब २५ लाख पर्छ ।  पिसिआर मेसिन सञ्चालन गर्न चाहिने मोलिकुलर र रिएजेन्टहरू महँगो पर्छ, त्यसैले खरिद गर्ने निकायले नियमित सञ्चालनमा ल्याउन नसकेको त्रिपाठीले बताए ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x