विश्व स्वास्थ्य संगठनलाई चीनपरस्त भएको आरोप किन लगाए ट्रम्पले ?

अमेरिकाका राष्ट्रपछि डोनल्ड ट्रम्पले कोरोना महामारीबाट विनाश भइरहेको बेलामा विश्व स्वास्थ्य संगठनमाथि कडा प्रहार गरेका छन् । 

ट्रम्पले बुधवार भने, ‘हामीले आवागमनमा प्रतिबन्ध लगाउँदा विश्व स्वास्थ्य संगठनले आलोचना गरेको थियो । उसले कोरोना संक्रमणका विषयमा धेरै गल्ती गरेको छ । उनीहरूले यस रोगका बारेमा पहिले नै चेतावनी जारी गर्नुपर्ने थियो ।’


Advertisement

संगठनले चीनपरस्त दृष्टिकोण अपनाएको आरोप पनि ट्रम्पले लगाए । 

त्यससँगै उनले भने, ‘अमेरिका विश्व स्वास्थ्य संगठनलाई सबभन्दा बढी फन्ड दिन्छ तर भविष्यमा यस फन्डमा हामी रोक लगाउनेछौं ।’


Advertisement

त्यसो भनेको केही समयपछि नै उनले कुरा फेर्दै भने, ‘म तत्कालै फन्ड रोक्छु भनेको हैन । तर आगामी दिनहरूमा हामी यसलाई हेर्छौं र विचार गर्छौं ।’

जनवरी २८ मा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटेपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडरनाम गेबे्रयेसुसले कोरोना संक्रमण रोक्न चीनले गरेको प्रयासको प्रशंसा गरेका थिए । त्यति अमेरिका लगायतका केही मुलुकले त्यसमा प्रश्न उठाएका थिए । 

गेब्रेयेसुसले सन् २०१७ मा संगठनको कार्यभार सम्हालेका थिए । त्यस पदमा पुग्ने उनी पहिला अफ्रिकी हुन् र चीनकै प्रयासका कारण उनी त्यहाँ पुगेका हुन् भन्ने आरोप लगाइन्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्