×

NMB BANK
NIC ASIA

संक्रमण फैलिएको बेलामा डेरावाललाई निकाल्ने घरपेटीमाथि कारवाही

चैत २७, २०७६

NTC
Premier Steels

अमेरिकाको मिनेसोटामा कोरोनाभाइरस संकटका बेलामा डेरावाललाई निकाल्ने एक घरपेटीविरुद्ध अधिकारीहरूले मुद्दा दायर गरेका छन् । उनले यस बेलामा मानिसलाई घरनिकाला गरेर राज्यको नियम उल्लंघन गरेको पाइएको हो । 

Muktinath Bank

अमेरिकामा भाइरस संक्रमण फैलिएपछि आर्थिक गतिविधि ठप्प भएकाले मानिसहरू बेरोजगार भएका छन् र घरभाडा तिर्न नसक्ने स्थितिमा पुगेका छन् । यस्तोमा जोखिममा परेका डेरावालको हितका लागि सरकारले कठोर कदम उठाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरै शहर र राज्यहरूले डेराबाट मानिस निकाल्न प्रतिबन्ध लगाएका छन् । मिनेसोटाले डेरावाललाई निकाल्ने घरपेटीविरुद्ध अदालतमा धमाधम मुद्दा दायर गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो साता पाइन काउन्टीमा रहेका एक घरपेटी हावर्ड मोस्तादले डेरावाललाई निकाल्न नपाउने नियम तोडेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको छ । 

Vianet communication

अदालतमा दायर गरिएको मुद्दामा मोस्तादले एक परिवारलाई अप्रिल १ मा डेरा सर्न भनेका थिए । तर त्यो मिति आउँदै गर्दा परिवारले नयाँ ठाउँ पाउन सकेन किनकि भाइरस फैलिएपछि मानिसहरूलाई घरैमा बस्न आदेश दिइयो । 

मोस्ताद उक्त परिवारको कोठामा अप्रिल २ मा आए र नयाँ डेरावाललाई कोठा देखाउँछु भने । तर नयाँ मान्छेलाई घरमा ल्याउँदा रोग लागेकी आफ्नी चार वर्षीया छोरीमा भाइरस संक्रमणको खतरा हुने भनी परिवारले आउन दिएन । 

त्यसपछि मोस्ताद कोठामा जबर्जस्ती पसे र बोइलर रूमको सर्किट ब्रेकरहरू हटाए । त्यसले गर्दा परिवारले बिजुली, हीटिङ सिस्टम र तातो पानीको सुविधा पाएन । 

घरपेटीहरूलाई अप्ठ्यारो परिरहेको भए पनि यी घरपेटीको व्यवहार चाहिँ अति नै क्रूर देखिएको मिनेसोटा राज्यका महान्यायाधिवक्ता कीथ एलिसनले बताए । त्यसैले राज्यले उनीविरुद्ध मुद्दा दायर गरेर अन्यलाई पनि चेतावनी दिएको हो । 

मानिसहरूलाई घरबारविहीनको आश्रयस्थलमा लैजाँदा सार्वजनिक स्वास्थ्यमा खतरा पर्ने एलिसनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x